ह्वाइटहाउसबाट निस्किने बेला इजरायललाई ८ अर्ब डलरको हतियार बेच्ने बाइडेनको योजना
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले जाँदाजाँदै इजरायललाई ८ बिलियन डलरको हतियार बेच्ने योजना बनाएका छन् । अमेरिकी विदेश विभागले इजरायललाई ८ अर्ब डलर अर्थात् ६.४ अर्ब पाउण्ड बराबरका हतियार बेच्ने योजनाबारे कंग्रेस समेतलाई सूचना दिइसकेको बीबीसीले उल्लेख गरेको छ ।
हतियारहरुको खेप पठाउनका लागि सदन अर्थात् सिनेटबाट अनुमोदन गरिनुपर्ने व्यवस्था छ । त्यसरी इजरायललाई बेच्न लागेका हतियारमा नयाँ प्रविधिको शिपमेन्टमा हवाई हमला गर्ने क्षेप्यास्त्र, हेलफायर क्षेप्यास्त्र र तोपखानाका गोला तथा अन्य युद्ध सामग्रीहरु छन् ।
गाजामा युद्धका दौरान मारिएका नागरिकहरुका कारण वाशिंटनले इजरायलका लागि सैन्य समर्थन निलम्बित गर्ने माग समेतलाई खारेज गरिदिएको छ । गएको अगस्तमा मात्रै अमेरिकाले इजरायललाई २० अर्ब डलरको लडाकू विमान र अन्य सैन्य उपकरण बेच्ने अनुमति दिएको थियो ।
अमेरिकी राष्ट्रपति बाइडेनले आफुहरु इजरायलको रक्षाका लागि आवश्यक सहयोग जारी राख्ने बताएका छन् । अमेरिका नै हालसम्म इजरायलका लागि सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता हो । स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिट्यूट (एसआईपीआरआई)का अनुसार २०१९ र २०२३ का बिच इजरायलको प्रमुख पारम्परिक हतियारको आयातमा अमेरिकाको हिस्सा ६९ प्रतिशत थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघमा ‘विराट एक्स्पो’ हुने
-
१२ बजे, १२ समाचार : रविमाथि राजनीतिक पूर्वाग्रह साँधिएको प्रतिवादीका वकिलको जिकिरदेखि कुलमानलाई सरकारले फेरि सोध्यो स्पष्टीकरणसम्म
-
जनार्दनको विषयमा प्रचण्डको ९ मिनेट : हिजोको तिक्तताको स्थिति अब अन्त्य हुन्छ !
-
पासाङको राजनीतिक सक्रियतामाथि माओवादी बैठकमै उठ्यो प्रश्नै प्रश्न
-
क्यानडाका प्रधानमन्त्री ट्रुडोले दिए राजीनामा
-
ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन