प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई धक्का
आइतबार, २१ पुस २०८१, ०२ : ३३

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई धक्का लागेको छ । शनिबार राती भएको खेलमा दोस्रो स्थानमा रहेको आर्सनल र चौथो स्थानमा रहेको चेल्सीलाई धक्का लागेको हो ।
आर्सनललाई ब्राइटनले १-१ को बराबरीमा रोक्दा चेल्सीलाई क्रिष्टल प्यालेसले समान नतिजामा रोक्यो । यो बराबरीले एक–एक अंक थपिनुबाहेक दुबैलाई खासै उपब्धि भएन ।
न्यूक्यासल युनाइटेड भने २-१ ले विजयी भयो । टोटनह्यामलाई हराउँदै उसले आफुलाई म्यान्चेस्टर सिटी भन्दा माथि राख्यो । एस्टन भिल्लाले लेस्टर सिटीलाई समान २-१ के नतिजाले हराउँदा बर्नमथले एभर्टनलाई १-० ले हरायो ।
यस्तै, शनिबार राति सबैभन्दा फराकिलो अन्तरको नतिजा भने ब्रेन्टफोर्डले निकाल्यो र उसले रेलिगेशन जोनमा रहेको साउथ ह्याम्पटनविरुद्ध ५-० को फराकिलो जित निकालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार