ओल्ड ट्राफोर्डमा हारको खराब रेकर्डपछि म्यान्चेस्टर सिटीको फराकिलो जित

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेको छ । शनिबार राती भएको खेलमा म्यान्सिटीले वेष्ट ह्याम युनाइटेडलाई ४-१ ले हरायो ।
ओल्ड ट्राफोडमा यो सिजन हारको खराब रेकर्ड बनाएको म्यान्सिटीले बल्ल लय पक्डिएको छ । यसअघि म्यान्सिटीले वर्षौंपछि ओल्ड ट्राफोडमा कुनै पनि प्रतियोगिताको लगातार खेल हारेको खराब रेकर्ड बनाएको थियो ।
शनिबार राती म्यान्सिटीलाई विजयी गराउन एर्लिङ्ग हालाण्डले दुई गोल गरे भने फिल फोडेनले एक गोल गरे । एक गोल भने म्यान्सिटीले आत्मघाती उपहार पाएको थियो । खेलको १० औं मिनेटमा वेष्ट ह्यामका भ्लादिमिर कौफलले आत्मघाती गोल गरेका थिए ।
वेष्ट ह्याम कै लागि ७१ औं मिनेटमा निकलास फुलक्रुगले शान्त्वना गोल फर्काए । जितसँगै म्यान्सिटी अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ । उसले चौथो स्थानको चेल्सी सरह १० खेल जितेको आँकडा बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलोचुङगालामा बुनेको गलैँचाको माग उच्च
-
वन डढेलो : धेरै घटना तराईमा, क्षति पहाडमा
-
आज मगर एकता दिवस, कुन-कुन पालिकाले दिए सार्वजनिक बिदा ?
-
मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन
-
हमासले गाजामा रेडक्रसलाई सुम्पियो चार इजरायली बन्धकको शव
-
पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ आज वर्षाको सम्भावना ?