माधव नेपालले बाँडे अग्निपीडितलाई राहत

रौतहट । नेपाल कम्युनिष्ट पार्टी .एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अग्निपीडितहरूलाई राहत वितरण गरेका छन् ।
रौतहट क्षेत्र नं १ का सांसदसमेत रहेका अध्यक्ष नेपालले राजदेवी-५ पतही गाउँकामा आगलागीपीडितलाई राहत उपब्ध गराएका हुन् । राहत हस्तान्तरण गर्दै अध्यक्ष नेपालले आगलागीपीडित परिवारको सुरक्षित आवास निर्माण गर्न जग्गा व्यवस्थापनका लागि आफूले पहल गर्ने बताए । उनले आगलागीपीडितलाई भेटेर तत्काल घर निमार्णका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
जनता आवास कार्यक्रमअन्तर्गत गरिब तथा विपन्न परिवारको घर निर्माण तथा जमिन उपलब्ध गराइदिन अध्यक्ष नेपालले सरकारसँग आग्रह गरेका छन् । उनले पीडित परिवारलाई खाद्यान्न, त्रिपाल, कम्बलसहितका सामान हस्तान्तरण गरे । गएको सोमबार राजदेवी नगरपालिका–५ पताहीटोलमा स्थानीय जगरनाथ पासवानको घरमा जाडो छल्न बालेको घुरबाट आगो सल्किँदा गाउँका सात घर जलेका थिए ।
आगलागीबाट राजदेवी–५ पताहीका जगरनाथ पासवान, राम सोगारथ पासवान, बाबुलाल पासवान, दीपेन्द्र पासवान, विजय पासवान, शिवचन्द्र पासवान र रामनाथ पासवानको घर तथा घरभित्र रहेका लत्ताकपडा र सामान पूर्ण रूपमा जलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग