खाना पक्राउने क्रममा आगलागी हुँदा गोरखामा तीन घर जले
आइतबार, २१ पुस २०८१, ०० : २७

गोरखा । गोरखामा आगलागीबाट तीन घर जलेका छन् । आरुघाट गाउँपालिका-१ मान्वुस्थित स्याम्चेतमा खाना पकाउन बालेको आगो मकैको खोस्टामा सल्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
आगलागीबाट पूर्णबहादुरसहित उनका छोरा बुद्धिमान लामा र आइतसिंह लामाको घर पूर्ण रूपमा जलेको सुवेदीले बताए । आगोले तीनवटै घरभित्र रहेका सबै लत्ताकपडा, अन्नपात र भाँडाकुँडा जलेर नष्ट भएको छ ।
घटनाको जानकारी प्राप्त भएलगत्तै मान्वु प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको र आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा २०८२ मा सार्वजनिक विदा ४ दिन थप
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव : ६५.३४ प्रतिशत मात्रै खस्यो
-
राजावादी हर्कतविरुद्ध एमालेको मोटरसाईकल र्याली
-
‘नरसिंहा अवतार’ को फस्टलुकसँगै प्रदर्शन मिति घोषणा
-
एनआरएनएहरू मिलेर अघि बढ्नुपर्छ : राजदूत तुम्बाहाङ्फे
-
त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलियो