सिन्धुपाल्चोकमा कांग्रेसले दियो प्रशिक्षण

सिन्धुपाल्चोक । भोटेकोशी गाँउपालिकामा नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिइएको छ । नेपाली कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण सिन्धुपाल्चोक शाखा प्रमुख दोर्जे लामाले कांग्रेसका नेता तथा कार्यकर्ताहरुको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण दिइएको जानकारी दिए ।
करिब १०० जना नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिइएको उनले बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य र नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री तथा केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य बलदेव तिमिल्सनाले प्रशिक्षण दिएका हुन् ।
नेता तिमिल्सनाका अनुसार स्थानीय नेता तथा कार्यकर्तालाई नेतृत्व विकास, कांग्रेसको इतिहास, सिद्धान्त, नीति तथा कार्यक्रम र उदेश्यजस्ता विषय वस्तुमा प्रशिक्षण दिइएको थियो ।जिल्लामै स्थानीय स्तरमा प्रशिक्षण हुँदै गर्दा जिल्लाभर उत्साह छाएको उनले बताए ।
भोटेकोशी गापाबाट सुरु भएको प्रशिक्षण कार्यक्रम सम्पूर्ण स्थानीय तहभर गरिने र पालिकाले वडा तहमा लैजाने कार्ययोजना रहेको नीति अनुसन्धान तथा प्रशिक्षण सिन्धुपाल्चोक शाखाले जनाएको छ ।
प्रशिक्षण कार्यक्रममा कांग्रेस महासमिति सदस्य लिला नेपाल, भोटेकोशी गाउँपालिका प्रमुख पासांग नोर्बु सेर्पा, नेपाल महिला संघ अध्यक्ष गिता नेपाल ,नेपाल तरुण दल अध्यक्ष संजय लामा, ट्रेड युनियन कांग्रेसका उपमहासिव बल्देव तामांग, काग्रेस नेता देबी बुढाथोकी लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कार्गो रेल नचलाएसम्म रेल्वे कम्पनी नाफामा जान सक्दैन’
-
लोसपा रौतहटको संयोजकमा भरत साह
-
'जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुन्छन्'
-
ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब बजेट
-
एक्मीका विद्यार्थीलाई अन्यत्र सारियो, कलेजलाई कारबाही गर्न हुँदैछ आनाकानी
-
‘सर्माइ भागेर’ मा ‘दर्पण छाया २’ जोडी पुष्प र सहारा