मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : रास्वपामा उपनिर्वाचनको पराजयबारे चर्चा, फरार युवक मृत फेला

शनिबार, २० पुस २०८१, २२ : ००
शनिबार, २० पुस २०८१

आज मिति २०८१ साल पुस महिनाको २० गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

  • रास्वपा बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन निर्माण अभियानलाई सक्रिय रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकको पहिलो दिन उक्त निर्णय गरिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । 

  • सुस्मिता मृत्यु प्रकरण

काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित होटलमा युवती मृत भेटिएको प्रकरणमा फरार रहेका युवक पनि मृत फेला परेका छन् । ओखलढुंगा घर भएर जापान बस्दै आएका देव बहादुर थापा पनि झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

  • माओवादी स्थायी समिति

नेकपा माओवादी केन्द्रको शनिबार बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष प्रचण्डसहित पदाधिकारीहरूको कार्य व्यस्तताका कारण बैठक स्थगित भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

  • मधेसवादी नेताहरूको निष्कर्ष 

मधेसी दलका नेताहरूले मधेसी दलको बिचमा एकता वा सहकार्य गर्नुभन्दा पहिले विगतको समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा मधेस दल बिच एकताको आवश्यकता बारे छलफल भएको हो ।

  • सर्वोच्च अदालत बार

सर्वोच्च अदालत बार एसोसियसनकाे निर्वाचनमा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीनिकट गठबन्धन  विजयी भएको छ। कांग्रेस निकट डीएलएका उम्मेदवार वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी भएका छन्। 

  • एमाले केन्द्रीय समिति बैठक

नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । 

  • भक्तपुर दुर्घटना

भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर–२ स्थित सडकमा पुस १५ मा दम्पती सवार स्कुटर दुर्घटना भयो । बागमती प्रदेश–०२–०२८ प ६६१० नम्बरको स्कुटरका चालक निश्चल प्रकाशराज भण्डारीको पुस १९ मा उपचारको क्रममा नर्भिक अस्पतालमा मृत्यु भयो ।

  • फोटोफिचर

सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्र सुकुटेमा शनिबारदेखि २३ औँ हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०२५ सुरु भएको छ।

चक्रपथको कलंकी-नारायणगोपाल चोक क्षेत्रमा बस्ने र व्यवसाय गर्नेहरूका लागि घाम लाग्दा उड्ने धुलो र पानी पर्दा हुने हिलो हुने बानी नै परिसकेको छ ।

नेपाल र चीनबिच भएको भैँसीको मासु निर्यातसम्बन्धी सम्झौताको विरुद्धमा विभिन्न संघ संस्थाले शनिबार विरोध प्रदर्शन गरेका छन् । अहिंसा परमोधर्म भन्दै उनीहरूले शान्तिपूर्ण पद यात्रा गरेका हुन् ।

 दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकामा रहेको कालिन्चोक भगवती मन्दिर धार्मिक, प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण छ। विशेषगरी पुस, माघ र फागुनमा हिउँ पर्ने भएकाले कालिन्चोकको सौन्दर्य थप मनोरम बन्छ। यहाँको प्राकृतिक रमणीय दृश्यले जो–कोहीलाई मन्त्रमुग्ध बनाउँछ।

  • निबन्ध बहस

‘क्रान्ति रात्रि–भोज होइन, न यो निबन्ध लेख्ने वा चित्र बनाउने काम जतिकै सजिलो छ, न त फूलबुट्टा भर्ने कामजस्तो सहजै गर्न सकिन्छ । क्रान्ति कहिल्यै सुसंस्कृत, विश्रामपूर्ण, मृदु, शालीन, दयालु, विनम्र, संयमित र उदार हुनै सक्दैन ।’

  • शनिबार विशेष

रातोपाटीको शनिबार विशेष :

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप