त्रिवेणी कपको उपाधि एपीएफलाई

पोखरा । लमजुङमा सम्पन्न त्रिवेणी कपको उपाधि एपीएफ क्लबले जितेको छ । त्रिवेणी रंगशालामा भएको फाइनलमा घरेलु वीवाईसी भोटेओडारलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै एपीएफले ३२ औँ संस्करणको कप हात पारेको हो । निर्धारित समयमा दुवैतर्फबाट २–२ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
जीतसँगै एपीएफ काठमाडौँले १२ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता वीवाईसीले ६ लाख नगद पायो । फाइनलमा एपीएफका एन्जल श्रेष्ठ म्यान अफ दी म्याच घोषित भएका छन् । यसैगरी सर्वाधिक गोलकर्ताको उपाधि एपीएफका प्रदीप लामाले पाउँदा वीवाईसीका ईमिनियल उत्कृष्ट खेलाडी बनेका आयोजक क्लबका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए ।
खेल अवधिभर लामाले ६ गोल गरेका थिए । उनीहरू सबैलाई जनही नगद २५ हजारका दरले पुरस्कृत गरिएको छ । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने त्रिवेणी युवा क्लब र टोखा भगवती फुटबल क्लबलाई नगद २–२ लाख प्रदान गरिएको छ । विजेतालाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुरस्कार प्रदान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर मोजा सुँघ्ने बानीले फोक्सोमा सङ्क्रमण
-
प्रा.डा. खड्क केसीले पाए त्रिविको उपकुलपतिको जिम्मेवारी
-
शिक्षकको आन्दोलनले विद्यार्थी भर्ना अभियान ठप्प
-
दुखेको मुटुलाई हाँसोले पुर्न खोज्ने पात्रको कथा ‘हेल्लो काँशिराम'
-
पर्यटकीय गन्तव्य बन्दै बन्दीपुर, एकै वर्ष दुई लाखले गरे भ्रमण
-
कांग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान