श्रीलङ्काको राजस्व सङ्कलनमा वृद्धि
शनिबार, २० पुस २०८१, २० : ५४

कोलम्बो । सन् २०२४ मा इतिहासमै सबैभन्दा बढी कर राजस्व सङ्कलन गर्न सफल भएको श्रीलङ्काको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।
सरकारका कार्यक्रम र प्रगतिबारे जानकारी गराउन गरिने नियमित पत्रकार सम्मेलनमा क्रममा विभागका आन्तरिक राजस्व आयुक्त सेपालिका चन्द्रशेखरले इतिहासमै सबैभन्दा बढी कर राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिएका हुन् ।
कर तथा राजश्व कार्यालयले सन् २०२४ मा कुल एक हजार ९५८ अर्ब भारु (करिब ६.७ अर्ब अमेरिकी डलर) कर राजस्व आर्जन गर्न सफल भएको छ । यो सन् २०२३ को तुलनामा कुल कर राजस्वमा तीन खर्ब ९२ अर्ब रुपैयाँ (करिब १ अर्ब ३३ करोड डलर) को वृद्धि भएको समाचारमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
दुवैमा नेपाली सेफको माग छ ?
-
मैनबत्ती निभेको निहुँमा विवाद, दाजुले गरे ११ वर्षीय बहिनीको हत्या
-
काममा फर्कन शिक्षकहरूलाई सरकारको आह्वान