चीनमा आगलागी हुँदा आठ जनाको मृत्यु
शनिबार, २० पुस २०८१, २० : ५१

बेइजिङ । उत्तरी चीनको तरकारी बजारमा शनिबार भएको आगलागीमा परी आठ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
बेइजिङको उत्तरपश्चिममा रहेको झाङ्जियाकोउ सहरमा भएको आगलागीपछि किआओसी जिल्ला जनसरकारले भन्यो, “घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ र हाल उनीहरूको जीवनमा कुनै खतरा छैन ।”
लिगुआङ बजारमा बिहान ८ः४० बजे आगलागी भएको थियो र बिहान १० बजेपछि निभाइएको जिल्ला सरकारले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।
अक्टोबरमा प्रमुख सहर चेङ्दुमा लागेको आगलागीमा २४ जनालाई सास फेर्न गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको राज्य मिडियाले जनाएको छ ।
जुलाईमा, दक्षिणपश्चिमी सहर जिगोङको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना
-
ट्रम्पका विशेष दूतले हमासलाई किन भने ह्वाइट हाउसमा सम्पर्क गर्न ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी