सर्वोच्च अदालत बारमा कांग्रेस निकट डीएलएका उम्मेदवार पोखरेल विजयी

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसियसनकाे निर्वाचनमा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीनिकट गठबन्धन विजयी भएको छ। कांग्रेस निकट डीएलएका उम्मेदवार वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी भएका छन्। पोखरेलले ३६८ मत प्राप्त गरे।
उनले नेकपा एमाले निकट पीपएलकाे गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता महेश थापालाई पराजित गर्दै जित हात पारेका हुन्। ६२६ मतदाता रहेको सर्वोच्च बारमा डेमेक्रेट र कम्युनिस्ट समर्थकहरूका बिचमा हरेक पटक प्रतिस्पर्धा हुने गरेको छ ।
वर्तमान प्रधान न्यायाधीश पनि कुनै समय सर्वोच्च बारमा अध्यक्ष थिए । देशभरका बारमध्ये सर्वोच्च बारलाई महत्त्वपूर्ण मानिन्छ । अघिल्लो कार्यकालमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्ष थिए भने उनीपछि वरिष्ठ अधिवक्ता हरिशंकर निरौला अध्यक्ष भएका थिए ।
डीएलएले समाजवादीलाई उपाध्यक्षसहित केही पद दिएर गठबन्धन गरेको थियो भने प्रगतिशील कानुन व्यवसायी संघ पनि अध्यक्षबाहेक अन्य पद साना दल निकटकालाई दिँदै चुनावी मैदानमा उत्रेको थियो।
उपाध्यक्षमा डीएलए गठबन्धनका अम्बरबहादुर राउत, सचिवमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल र सहसचिवमा महिला पुनदेवी महर्जन विजयी भएका छन्।
कोषाध्यक्षका लागि रामचन्द्र पौडेल , महिला सदस्यका लागि शशि बस्नेत विजयी भएका छन्।
९ जना खुला सदस्यमा आठ जना डिएलए नेतृत्वको प्यानलबाट विजयी हुँदा सतिशराज मैनाली मात्र विपक्षी गठबन्धनबाट विजयी भए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीकाको गीतसंग्रह ‘माटोको सुगन्ध’ लोकार्पण
-
माधवनारायण गाउँपालिकाका निमित्त कार्यकारी प्रमुखविरुद्ध राज्यव्यवस्था समितिमा उजुरी
-
एक सातामा ३२.६९ अंकले घट्यो नेप्से
-
दुर्गा प्रसाईं सवार जहाज केहीबेरमा काठमाडौँ विमानस्थलमा अवतरण हुँदै
-
पत्रकार हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै मानवअधिकार आयोगलाई ध्यानाकर्षण
-
तीनकुने घटना : मानव अधिकार आयोगको मौनता