सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय
हरि हजुरबा : रङ्गमञ्चमा नाजिर र विजय, तस्बिरहरू
रङ्गमञ्च

हरि हजुरबा : रङ्गमञ्चमा नाजिर र विजय, तस्बिरहरू

शनिबार, २० पुस २०८१

काठमाडौँ । बानेश्वरको थापागाउँस्थित मण्डल थिएटरमा यति बेला हरि हजुरबा नाटक मञ्चन भइरहेको छ । पुस ४ गतेबाट मञ्चन गरिएको सो नाटक पुस २८ गते सम्म मञ्चन गरिने छ । 

Hari Hajur Ba, Mandala theatre.-308

माओवादी सशस्त्र द्वन्द्व त्यसको प्रभाव, आफ्नो मान्छे गुमाउनुको पीडालाई सो नाटकले  सुन्दर ढङ्गले प्रस्तुत गरेको छ । भुलिएको समयका चिठीहरू बाँड्‌दै एक हुलाकीले यात्रामा एउटा एक्लो, रित्तिएको मन भएको बूढा व्यक्तिसँग भेट्छ जो आफ्नो नातिनीको खोजीमा रेडियो सुन्दै दिन कटाउने गर्छ । 

Hari Hajur Ba, Mandala theatre.-309

युद्धको समयमा हराएको नातिनीको खबर सुन्न आतुर बूढोको कठोरता हुलाकीका कुराहरूले बिस्तारै पगाल्न थाल्छ । तर, ती सानातिना चेष्टाहरूले युद्धकालका भयानक कथाहरू सतहमा ल्याउँछन् र उनीहरूको जीवन एक अनौठो तरिकाले आपसमा जोडिन थाल्छ ।

Hari Hajur Ba, Mandala theatre.-310

तर जब विगत जीवित हुन थाल्छ, त्यसका छायाहरू पनि साथमा आउँछन् । सम्बन्ध र सम्झनाको यो यात्रा अप्रत्याशित रूपमा भयावह मोडतर्फ अघि बढ्छ ।

Hari Hajur Ba, Mandala theatre.-311

अव्यक्त र अनुत्तरित चिठीहरूको फुसफुसाहटबिच, नाटकले गुमेको सम्झना र नसुल्झिएको बोझको कथालाई उजागर गर्छ ।

Hari Hajur Ba, Mandala theatre.-312

नाटकमा, अनुहार ढाकेको मुखौटाको उपस्थितिले युद्धमा हराएकाहरूका आवाजहरू बोक्छ । ती आवाजहरूले, सत्य र भ्रमबिचको रेखालाई धुमिल पार्दै, मानिसहरूको मनमा गुमेका व्यक्तिहरूप्रति रहेको वालि स्थान र निको हुन नसकेको घाउको मर्मस्पर्शी चित्रण गर्छ ।

Hari Hajur Ba, Mandala theatre.-313

कलाकार नाजिर हुसेन द्वारा लेखन, परिकल्पना र निर्देशन गरिएको सो नाटकमा हजुर बा को भूमिका कलाकार विजय बरालले निर्वाह गरेका छन् भने रि ह्युल साङ्, सविना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष राज पाण्डे र रिसु राउत सहयोगी भूमिकामा रहेका छन् । 

Hari Hajur Ba, Mandala theatre.-314Hari Hajur Ba, Mandala theatre.-315Hari Hajur Ba, Mandala theatre.-316Hari Hajur Ba, Mandala theatre.-317Hari Hajur Ba, Mandala theatre.-318Hari Hajur Ba, Mandala theatre.-319Hari Hajur Ba, Mandala theatre.-320

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया