बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो : आशिष र सपना उत्कृष्ट खेलाडी

काठमाडौँ । काठमाडौँका आशिष भुजेल र सपना रिखाम दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट बनेका आशिषले पुरुष ६८ केजीमुनि तथा सपनाले महिला ४६ केजीमुनि स्वर्ण जितेका थिए ।
टोखा नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५० केजीमुनि काठमाडौँका शुभम्जंग कुमार, ५४ केजीमुनि काठमाडौँका रोजन लामा, ६३ केजीमुनि चितवनका हरिबहादुर परियार र ५८ केजीमुनि काठमाडौँका अर्पण लामाले स्वर्ण जिते ।
काठमाडौँ जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला ४९ केजीमुनि काठमाडौँकी पासाङ लामा, ५७ केजीमुनि भक्तपुरकी सोया चक्रधर, ४३ केजीमुनि चितवनकी सोनम महतो र ६३ केजीमुनि काठमाडौँकी स्वस्तिका महर्जनले पहिलो स्थान हात पारे ।
विजेतालाई टोखा नगरपालिकाका खेलकुद संयोजक नरोत्तम राणा, टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । टोखा नगरपालिका वडा ५ मा भएको प्रतियोगितामा करिब ३ सय खेलाडीले प्रतिस्पर्धा गरेको एसकेबीसी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रञ्जित डगौराले जनाएका छन् । दुई दिने प्रतियोगितामा पुरुष÷महिलामा समान ५–५ गरी १० स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सास्थित एक सरकारी विद्यालयका कयौँ विद्यार्थी अचानक भए बेहोस
-
सभामुखका सुरक्षाकर्मीको सवारी दुर्घटनामा मृत्यु
-
एकसाथ रिलिज ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’को व्यवसाय कस्तो ?
-
अरब राष्ट्रले गरे इजरायलको आलोचना
-
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित
-
तीन सन्तान र पति छाडेर प्रेमीसँग गएकी महिलाले भिडियोमार्फत दिइन् चेतावनी