विभिन्न स्थानमा आगलागीबाट लाखौँको क्षति
शनिबार, २० पुस २०८१, १९ : ३७

काठमाडौँ । भक्तपुरसहित देशका विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँ रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
- भक्तपुर, मध्यपुर थिमी नगरपालिका-२ स्थित विवेक जोशीको घरमा काठमाडौँ महानगरपालिका-३२ बस्ने ४८ वर्षीय सुकमान लोप्चनले सञ्चालन गरेको फर्निचर स्टोरमा शुक्रबार दिउँसो आगलागी हुँदा फर्निचरहरू जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
- सङ्खुवासभा, पाँचखपन नगरपालिका-७ वाबुङ बस्ने ७१ वर्षीय मानधोज राईको घर र गोठमा शुक्रबार दिउँसो आगलागी हुँदा घर, गोठ, अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सरसामान जलेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
- मोरङ, रंगेली नगरपालिका-७ स्थित रंगेली अस्पताल परिसरभित्र रहेको घरमा विद्युत् सर्ट भई शुक्रबार बेलुकी आगलागी हुँदा १ थान ल्यापटप, १ थान एसी, लत्ताकपडा लगायतका सरसामान जलेर करिब १ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
- पाल्पा, तानसेन नगरपालिका-७ प्रभासस्थित लुम्बिनी मेडिकल कलेजको सपिङ सेन्टरमा गएराति आगलागी हुँदा ५ थान फ्रिज, १ थान मनिटर, नगद तथा खुद्रा सामानहरू जलेर करिब १० लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय वासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा २०८२ मा सार्वजनिक विदा ४ दिन थप
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव : ६५.३४ प्रतिशत मात्रै खस्यो
-
राजावादी हर्कतविरुद्ध एमालेको मोटरसाईकल र्याली
-
‘नरसिंहा अवतार’ को फस्टलुकसँगै प्रदर्शन मिति घोषणा
-
एनआरएनएहरू मिलेर अघि बढ्नुपर्छ : राजदूत तुम्बाहाङ्फे
-
त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलियो