गौरीटार क्रिकेट रङ्गशालाको अवस्था बुझ्न पुगे क्यानका सचिव पारस खड्का
मकवानपुर । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का हेटौंडा–६ स्थित निर्माणाधीन गौरीटार क्रिकेट रङ्गशालाको अवस्थाबारे जानकारी स्थलगत अवलोकनमा पुगेका छन् ।
सचिव खड्कासहित प्रवक्ता छुवी लामा, मकवानपुर क्रिकेट संघका पदाधीकारी लगायतले शनिबार रङ्गशालाको अवलोकन गरेका हुन् । सो क्रममा खड्काले हेटौँडामा क्रिकेटका लागि पूर्वाधार निर्माण भइरहेको प्रति खुसी व्यक्त गरे । क्रिकेट खेलको विकासका लागि पूर्वाधार निर्माणमा प्रदेश सरकारले गरेको लगानीका सकारात्मक रहेको बताए ।
क्रिकेट रङ्गशालाको पूर्वाधार तीव्र गतिमा भइरहेको र छिट्टै नै राष्ट्रिय स्तरका खेलहरू खेलाउन सकिने अवस्था रहेको सचिव खड्काले बताए ।
उनले संरचनासँगै खेलाडी उत्पादन र प्रोत्साहनमा सरकारले काम गर्न जरुरी रहेको बताए । उनका अनुसार क्रिकेट संघले आफ्नो तर्फबाट क्रिकेटको विकास र खेलाडी उत्पादन प्रोत्साहनमा पर्याप्त पहल गरिरहेको छ । तर, उक्त पहलमा सबै पक्षको सहकार्य र समन्वय आवश्यक रहेको उनले बताए ।
रङ्गशाला भित्र ड्रेनसहितको क्रिकेट मैदान निर्माणका लागि ११ करोड ७४ लाख रुपैयाँको लागतमा काम धमाधम भइरहेको छ । क्रिकेट मैदान निर्माणका लागि ९ करोड ४२ लाख ८२ हजार रुपैयाँमा २०८० चैत २० मा एसएनएस पिएल एचकेसी जेभीले ठेक्का सम्झौता गरेर काम गरिरहेको सदस्य प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामाले बताए ।
उनका अनुसार हाल ग्राउन्डको लेभलिङको काम भइरहेको र अधिकांश बजेट ग्राउन्ड निर्माणमा नै खर्च हुनेछ । अन्तरार्ष्ट्रियस्तरको सो क्रिकेट मैदानमा ६०० दर्शक क्षमताको एउटा प्यराफिट सहित ५ वटा पिच, ७० मिटर रेडिएसको ग्राउन्ड, स्कोर बोर्ड, भिभिआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम (कपडा फेर्ने कोठा), टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपांगमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुनेछ ।
क्रिकेट मैदानमा ४ वटा ब्लकमा प्यारापिट निर्माण गर्ने योजना अनुसार डिपिआर निर्माण गरिएको र त्यसमध्ये हाल एउटा ब्लकको एक पिसको काम भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वऊर्जा राज्यमन्त्री शर्माको बागलुङमा अन्त्येष्टि
-
स्थानीयको विरोधले रेलमार्ग निर्माणको काम रोकियो
-
१२ बजे, १२ समाचार : सरकारले खोस्यो १३ स्थानीय तहका हाकिमको जिम्मेवारीदेखि कांग्रेस सांसद गुरुङलाई पुरानै भ्रष्टाचारले फसादसम्म
-
चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण
-
बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
-
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट