काठमाडौँले जित्यो बागमती प्रदेश लिग फुटबलको उपाधि

काठमाडौँ । दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधि काठमाडौँले जितेको छ । शनिवार भएको फाइनल खेलमा दोलखालाई पराजित गर्दै काठमाडौँ प्रतियोगिताको च्याम्पियन बनेको हो ।
काठमाडौँको प्रतिनिधित्व गर्ने ‘चित्लाङ फुटबल क्लब’ले दोलखाको प्रतिनिधित्व गर्ने ‘टाइगर टिम तिखाताल’लाई३–० गोलले पराजित गरेको हो । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा सम्पन्न भएको फाइनल खेलमा काठमाडौँका सुजित बुढाथोकीले २ गोल गरेका थिए । पहिलो हाफको २५ औँ मिनेटमा सुजित बुढाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको ७४ औँ मिनेटमा बुढाथोकीले थप एक गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । अन्तिम समयमा आयुष कुँवरले गोल गर्दै टिमलाई ३–० को स्थितिमा पुर्याएका थिए ।
३–० गोलले पछि परेको दोलखाले खेल अवधिभर कुनैपनि गोल गर्न सकेन । खेलको म्यान अफ म्याच सुजित बुढाथोकी घोषित भएका छन् ।
लिग विजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छ भने उपविजेताले १ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै काठमाडौँका सुजित बुढाथोकीले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे भने प्रतियोगिता अन्तर्गत हाई स्कोरको उपाधि पनि बुढाथोकीले जिते ।
उत्कृष्ट गोलरक्षक काठमाडौँका चन्द्रशेखर श्रेष्ठ, उत्कृष्ट डिफेन्डर काठमाडौँका जनक कोइराला, उत्कृष्ट मिडफिडर काठमाडौँका विज्ञान खड्का, उत्कृष्ट फरवार्ड दोलखाका सुजन माझी र उत्कृष्ट कोच काठमाडौँका रुपेश क्षेत्री प्राप्त गरे । उनीहरूले जनही ५ हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा प्रदेशका १३ जिल्लामध्ये ११ जिल्लाको प्रतिनिधित्व गर्दै फुटबल क्लबको सहभागिता रहेको थियो । रामेछाप र रसुवा भने एन्फामा आबद्ध नभएकाले लिगमा सहभागिता जनाएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई सङ्कटमा धकेल्ने काम हो : गृहमन्त्री लेखक
-
नेपाली कथामा जनयुद्धको प्रतिविम्बनः साक्ष्य सर्वेक्षण
-
जनकपुरका अस्पतालहरूले बिरामीसँग गम्भीर लापरबाही गरेको पाइएको छ : मुख्यमन्त्री सिंह
-
प्राधिकरणको आधिकारिक ट्रेड युनियनमा माओवादी केन्द्र निकट कर्मचारी सङ्गठन विजयी
-
‘बोरा’ निर्दयी छोराको कुरूप
-
अब प्रज्ञा प्रतिष्ठानमार्फत भाषा र संस्कृतिको खोज अनुसन्धानलाई गति दिनेछौँ : मुख्यमन्त्री आचार्य