संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउनुपर्छः गगन थापा
पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आकार ठूलो भएको बताएका छन् । शनिबार पोखरामा आयोजित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका सभापतिहरुको प्रशिक्षण कार्यक्रममा उनले संविधान संशोधन गरेर संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउनुपर्ने र चुस्त मन्त्रालय चलाउनुपर्ने बताएका हुन् ।
‘सरकारको साइज ठूलो भयो । यत्रो सरकार चाहिँदैन, यति धेरै चाहिँदैन । प्रदेशमा ४–५ कतिजना मन्त्री बनाउने हो संविधानमा बाँध्नुपर्छ । संविधानमा २५ जना मन्त्री नलेखेको भए केन्द्रमा ५० जना मन्त्री बनाउनुपथ्र्यो,’ उनले भने, ‘पार्टी र गुट मिलाउँदा मिलाउँदा समस्या हुन्छ । गुट मिलेन भने मन्त्रालय तोड्दे भन्छ । त्यसैले संविधानबाटै मन्त्रालयको संख्या व्यवस्थित गर्नुपर्छ ।’
केन्द्रमा पनि ७–८ मन्त्रालय मात्रै भए पुग्ने उनको तर्क छ । ‘केन्द्रमा यतिधेरै मन्त्रालय चाहिँदैन । ७–८ वटा मन्त्रालय राखे हुन्छ । प्रदेशमा यत्रो ठूलो चाहिँदैन । यसको संख्या घटाउनुपर्छ,’ उनले भने, ‘सानो तर प्रभावकारी मन्त्रालय बनाउन संविधानमा काम गर्छौं । अहिले काँग्रेसमा छलफल गरेका छौं । एमालेसँग मिलेर सानो संयन्त्र बनाएका छौं । त्यहाँ छलफल गर्छौं । अनि माओवादी र संसदमा भएका सबै दलहरुसँग छलफल गर्छौं । अनि नागरिकसम्म पुगेर छलफल चलाउछौं ।’
माथिल्ला सरकारले साना आकारको बजेट छुट्याएर त्यसको भारी प्रदेश र स्थानीय सरकारलाई बोकाइएको थापाले बताए ।
उनले लोकप्रिय पार्टीले पाँचै वर्ष सरकार चलाउने गरी संविधान संशोधन गर्न लागिएको बताएका छन् । ‘आम नागरिक यसले सरकार चलाओस् भन्ने चाहन्छन् । मतबाट अभिव्यक्त पनि गर्छन् । तर निर्वाचन प्रणाली यस्तो बनाइएको छ कि त्यो राजनीतिक दलले ५ वर्ष सरकार चलाउन पाउँदैन,’ उनले भने, ‘सरकार चलाउन नपाउने भैसकेपछि अर्को पार्टीसँग मिलेर चलाउनुपर्छ । भारत, युरोपका कतिपय देशमा १५ वर्ष, २० वर्ष गठबन्धन सरकार चल्छ, नचल्ने होइन । तर हाम्रोमा गठबन्धन फिट भएन । जुन पार्टीले लोकप्रिय मत प्राप्त गर्छ त्यसले ५ वर्ष सरकार चलाउन पाउनुपर्छ ।’
उनले कांग्रेसले जितेका पालिकाहरुलाई आगामी निर्वाचनमा संकल्प र घोषणपत्र नभई उपलब्धी पत्र लिएर जाने अवस्था बनाउन निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी विदेशमन्त्री दक्षिण कोरियोको भ्रमणमा रहेको बेला उत्तरद्वारा ब्यालेस्टिक मिसाइल प्रहार
-
बेनेलीद्वारा २X अफर सार्वजनिक
-
पदबाट राजीनामा दिने तयारीमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो
-
सन्दिग्ध माओवादीको आक्रमणमा छत्तीसगढमा ९ सुरक्षाकर्मीको मृत्यु
-
नेपाल कबड्डी लिग खेल्न विदेशी खेलाडी र प्रशिक्षक काठमाडौँ ओर्लँदै
-
२५ किलोमिटरभन्दा बढीको रुटमा बढ्यो सार्वजनिक सवारीको भाडादर, कुन रुटको कति ?