खेलकुद
विजय र एरिका सर्वोत्कृष्ट, तस्बिरहरू
शनिबार, २० पुस २०८१, १९ : ४१

काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अवार्डमा पुरुष तर्फ विजय सिंजाली र महिलातर्फ एरिका गुरूङ सर्वोत्कृष्ट खेलाडी बनेका छन् । उनीहरूलाई जनही १ लाख रूपैयाँसहित सम्मान गरिएको हो ।
त्यस्तै अश्विन रावत प्रतिभाशाली खेलाडी (पुरुष) र प्रतिभाशाली खेलाडी (महिला) मनमती विष्टलाई प्रदान गरिएको छ । उनीहरूलाई जनही ५० हजार सहित सम्मान गरिएको हो ।
पारा एथलेटिक्स तर्फ पलेशा गोवर्धन र गजराज आदर्श व्यक्तित्व अवार्ड रघुराज वन्तलाई प्रदान गरिएको छ । यसका साथै १९ औँ एसियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि सम्मान गरिएको छ । मनमैजुमा आयोजना गरिएको एक कार्यक्रमका बिच २९ खेलाडीलाई जनही १० हजार रूपैयाँ र ट्रफी सहित सम्मान गरिएको हो ।
यस्ता छन् विजेता खेलाडीहरू :
- आर्चरी - योगेन्द्र शेरचन
- एथलेटिक्स - सन्तोषी श्रेष्ठ
- ब्याडमिन्टन - प्रिन्स दाहाल
- बास्केटबल - विजय पुर्जा
- बक्सिङ - चन्द्रबहादुर थापा
- क्यानोइङ- गणेश गुरुङ
- क्रिकेट - कुशल मल्ल
- साइक्लिङ - उषा खनाल
- डान्स स्पोर्ट्स - श्याम महर्जन
- ई-स्पोर्ट्स - साहस भण्डारी
- फेन्सिङ - राजेन्द्र गजुरेल
- फुटबल - प्रीति राई
- गल्फ - सद्भाव आचार्य
- ह्यान्ड बल - संगीता चौधरी
- जुडो - विकास विक
- कबड्डी - मनमती विष्ट
- कराते - एरिका गुरुङ
- रग्बी - पूजन फेवाली
- सुटिङ - विपेश खड्का
- स्क्वास - स्वस्थानी श्रेष्ठ
- पौडी - एलेक्सान्डर जी शाह
- टेबल टेनिस - ईभाना थापा
- तेक्वान्दो - अस्मिन राउत
- टेनिस - निसान श्रेष्ठ
- ट्राइलाथोन - शेर्पी महर्जन
- भलिबल - निरुता ठगुन्ना
- भारोत्तोलन - विद्या राई
- रेस्लिङ - सुरेश चुनारा
- वुसु - विजय सिंजाली
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण