नेता कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने
शनिबार, २० पुस २०८१, १६ : २९

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसद्मा सम्बोधन गर्ने भएका छन् । उनले यही १३ जनवरी २०२५ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने उनको निजी सचिवालयले जनाएको हो ।
उक्त कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहनेछ । नेता कोइराला बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली कोदोको रक्सी संरक्षण तथा व्यवस्थापन समिति गठन
-
ऐसेलुखर्कमा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन निर्माणको अन्तिम चरणमा
-
सरकार र सहकारी सञ्चालक एउटै मञ्चमा, पीडित बचतकर्ता सडकमा
-
कराते टोली अस्ट्रेलिया जाने
-
दुर्गेश थापाको कन्सर्टको टिकट आइएमई पे र खल्तीमार्फत किन्न मिल्ने
-
पत्रकार सुरेश रजकको अन्तिम बिदाइ, तस्बिरहरू