राजनीति
माओवादी स्थायी समिति बैठक स्थगित, आइतबार बिहान बस्ने
शनिबार, २० पुस २०८१, १५ : ०५
काठमाडौँ । नेकपा माओवादी केन्द्रको शनिबार बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष प्रचण्डसहित पदाधिकारीहरूको कार्य व्यस्तताका कारण बैठक स्थगित भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
बैठक दिउँसो २ बजे बस्ने तय थियो । आजको बैठक अब भोलि बिहान ८ बजेदेखि बस्नेछ ।
यस्तै पार्टीको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजे स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा बस्ने ढकालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकविरुद्ध भ्रम नफैलाउन चार संस्थाकाे आग्रह
-
पूर्वप्रेमीले व्यक्तिगत सम्बन्धका भिडियो आफन्तको म्यासेन्जरमा पठाएपछि...
-
पूर्वाधार समितिमा मन्त्री खड्कालाई सत्ता र प्रतिपक्ष सांसदहरूको प्रश्नै–प्रश्न
-
भूमि आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त, को–कहाँ ? (सूचीसहित)
-
मेक्सिकन क्लब मोन्टेरीमा आबद्ध भए रियल म्याड्रिडका पूर्वखेलाडी सर्जियो रामोस
-
रेबिज लागे मृत्यु पक्का !, जोगिन के गर्ने ?