आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय

काठमाडौँ । राप्रपा नेपालले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले २०८२ मंसिर १३, १४ र १५ गते काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको नेता राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकले राजनीतिक कार्यपत्र, संगठन विभागको प्रतिवेदन, तराई मधेस उत्थान अभियान सम्बन्धी कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदन परिमार्जनसहित पारित गरेको उनले बताए ।
बैठकले भ्रष्टाचारको विरुद्ध र सनातन हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनालगायतको माग राखेर चैत महिनादेखि जनसंघर्ष सुरु गर्ने निर्णय पनि गरेको छ।
यस्तै बैठकले भ्रष्टाचारलाई जरैदेखि उन्मुलन गर्न अहिलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सट्टा ‘जनलोकपाल’को अवधारणामा आधारित अधिकार सम्पन्न संवैधानिक निकायको व्यवस्था गर्न माग समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
-
साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
त्यो एक साँझ, जसले नेहालाई बनायो सेलिब्रेटी