काठमाडौँ । दसैँ–तिहार (असोज–कार्तिक) कट्दै ओठ सुक्न थाल्छ । ओठ सुक्नु भनेको छाला सुक्खा हुने सङ्केत हो । बाहिरी वातावरणमा सबैभन्दा बढी रहने अङ्ग भनेकै ओठ हो । ओठ सधैँ चिल्लो हुने भाग हो तर ओठ र मुख सुक्खा भयो भने, शरीर सुक्खा हुँदैछ भन्ने बुझ्नु पर्छ ।
हात र खुट्टा पनि बाहिरी वातावरणमा धेरै रहने अङ्ग हो । जाडो महिनामा वातावरणको तापक्रम घट्दा शरीरबाट ताप बाहिर निस्कन्छ । त्यो ताप बाहिर निस्किँदा पानीको मात्रा कम भइरहेको हुन्छ । जसले गर्दा ती अङ्ग सुक्खा भइरहेको हुन्छ ।
जाडोमा देखिने समस्या
जाडोमा कपडाले ढाक्ने भाग सुक्खा हुँदैनन् । तर जुन भागमा कपडा हुँदैन, ती भाग सुक्खा हुन्छन् । घाँटीभन्दा माथि र कुहिनाभन्दा तल हत्केला, पैताला बढी सुक्खा हुने हुन्छ ।
यस्ता अङ्गमा वा जाडो महिनामा देखिने समस्याहरू:
जाडोबाट कुन उमेरका व्यक्ति बढी प्रभावित ?
जाडो याममा ५ वर्ष मुनिका बालबालिका र ५० वर्ष माथिका व्यक्ति बढी प्रभावित हुन्छन् । बालबालिकाको छाला कलिलो हुन्छ । ५० वर्ष माथि उमेरकाहरूको छाला कलिलो बन्दै जाने हुन्छ । यी उमेरका व्यक्तिको तुलनामा अरू उमेरका व्यक्तिको छालामा बोसो हुन्छ । बोसो हुनु भनेको छाला मोटो हुनु हो । यस्ता छालामा ताप बाहिर निस्कन पाउँदैन । चिसोले त्यति धेरै असर गर्दैन । बालबालिका र वृद्धवृद्धाको शरीरबाट ताप बाहिर निस्कन्छ । जाडो याममा बढी समस्या देखिन्छ । यो उमेर समूहलाई जाडोबाट जोगाउन बढी ध्यान दिनुपर्छ ।
कसरी स्याहार गर्ने ?
जाडो महिनामा चिसोबाट जोगिन कोठा तातो बनाएर राख्ने प्रचलन छ । तर त्यो राम्रो होइन । यसले विभिन्न घटना निम्तिनुका साथै छाला सुक्खा बनाइदिन्छ । जाडोमा कोठा तातो बनाउन झ्याल–ढोका थुन्ने गर्छौं । जाडो याममा झ्याल–ढोका थुन्ने हो भने हावामा भएको आर्द्रता झन् सुक्खा हुन्छ । यसले झनै नकारात्मक असर पार्छ । जस्तो कि आँखा पोल्ने, ओठ सुक्ने समस्या हुन्छ । यस्ता समस्या तथा जाडोबाट छाला जोगाउन निम्न कुरा गर्न सकिन्छ:
प्रतिक्रिया