उत्तरपश्चिम पेरुमा बस नदीमा खस्यो
शनिबार, २० पुस २०८१, १३ : ४३

पेरु । उत्तरपश्चिम पेरुमा एउटा बस नदीमा खस्दा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै १७ जना बेपत्ता भएका छन् ।
अधिकारीहरूका अनुसार बस लिमाबाट उत्तरी पेरुको पोमाबाम्बाका लागि छुटेको थियो । उक्त बस शुक्रबार बिहान पाकोसबाम्बा नदीमा खसेको थियो भने जसमा केही यात्रुहरू हालसम्म बेपत्ता रहेका छन् ।
स्थानीय मिडियाले सडकको खराब अवस्थालाई सम्भावित कारणको रूपमा उद्धृत गरेका छन् । घटनास्थलमा प्रहरी र सिभिल डिफेन्स टोली तैनाथ भएकाले उद्धार कार्य जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत
-
चार स्रष्टालाई पारिजात सम्मान
-
यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो