बिचमै सरकार ढाल्ने र बन्ने खेल नहुने आशा जाग्यो : सिंह
शनिबार, २० पुस २०८१, १३ : ३५

महोत्तरी । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले अब बिचमै सरकार ढाल्ने र बन्ने खेल नहुने आशा जागेको बताएका छन् ।
शनिबार बर्दिवासमा पार्टी कार्यकर्तासँगको भेटमा उनले भने, ‘यो सरकार प्रतिनिधिसभाको अर्को निर्वाचनसम्म रहनेछ । वर्तमान सरकार बनेयता आमजनमानसमा अब बीचमा सरकार ढाल्ने र बन्ने खेल नहुने आशा जागेको छ ।’
उपप्रधानमन्त्री सिंहले स्थिर सरकारले नै मुलुकलाई विकास निर्माणको मार्गमा अग्रसर हुन योगदान गर्ने समेत बताए ।
अर्को प्रसंगमा उनले सबै पक्षको सहमतिमा संविधान संशोधन हुनुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकासँग समान स्तरमा वार्ता गर्न इरान इच्छुकः राष्ट्रपति
-
एनएसएल हेर्न विश्वकप विजेता फुटबलर रोबर्टो कार्लोस नेपाल आउँदै
-
सेतो मछिन्द्रनाथको रथ जात्रा सुरु
-
चैत २५ भित्र सदस्य नबने एनआरएनएको एकता महाधिवेशनमा प्रतिनिधि बन्न नपाइने
-
तुलसी दिवसका तीन कविता
-
बारको वार्षिक साधारण सभा वैशाख ६ गते, नयाँ कार्यसमितिले पदभार ग्रहण गर्ने