प्रहरीको ‘कर्डन एण्ड स्विप अप्रसेन’बाट १० जना पक्राउ
काठमाडौँ । कैलालीमा प्रहरीले सञ्चालन गरेको ‘कर्डन एण्ड स्विप अप्रसेन’का क्रममा लागु औषधसहित १० जना पक्राउ परेका छन् ।
सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटि गएको प्रहरी टोलीले शुक्रबार जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ परेको हो ।
पक्राउ परेकामध्ये कञ्चनपुरको कृष्णपुरका मोहन रानाको साथबाट ६ ग्राम १८० मिलिग्राम, कैलालीको धनगढीका प्रभुपन राना र अमन रानाको साथबाट ८४० मिलिग्राम, टीकापुरका विक्रम बुढा र मिलन टमटाको साथबाट ८० मिलिग्राम लागू औषध बरामद भएको छ ।
यस्तै धनगढीका बाहाली राना र दीपक रानाको साथबाट ५०० मिलिग्राम, कञ्चनपुरको कृष्णपुरका प्रदीप राना र अनिल रानाको साथबाट ८९० मिलिग्राम तथा बैतडीको पाटन घर भई धनगढी बस्ने खेमराज महराको साथबाट ६९ ग्राम ३४० मिलिग्राम लागु औषध बरामद भएको कैलाली प्रहरीले जनाएको छ ।
उनीहरूमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले शनिबार विज्ञप्तिमार्फत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु
-
सहकारीको नियमन गर्न बनाइएको प्राधिकरण कार्यान्वयनको चरणमा छ : मन्त्री अधिकारी
-
सिन्धुलीको फिक्कल गाउँपालिका उपाध्यक्ष राजु बराल पनि प्रतिवादी
-
राज्य व्यवस्थामा सांसद थानी र सभापति खतिवडाबिच चर्काचर्की
-
माओवादी केन्द्रको वर्तमान अवस्था र अबको मार्ग
-
जय ट्रफीको दोस्रो दिन दुई ब्याट्सम्यानको अर्धशतक