सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय
चक्रपथ विस्तारले बिजोग : धुलो र हिलोको बानी नै परिसक्यो !
फोटोफिचर

चक्रपथ विस्तारले बिजोग : धुलो र हिलोको बानी नै परिसक्यो !

शनिबार, २० पुस २०८१

काठमाडौँ । चक्रपथको कलंकी-नारायणगोपाल चोक क्षेत्रमा बस्ने र व्यवसाय गर्नेहरूका लागि घाम लाग्दा उड्ने धुलो र पानी पर्दा हुने हिलो हुने बानी नै परिसकेको छ । विस्तारको कुरा सुरु भएसँगै धमाधम रुख काट्न र बस बिसौनी विस्थापित हुन थालेपछि वरिपरिका व्यवसायी र स्थानीयलाई खुसी दिएको सडक विस्तारको कुराले दिक्क बनाउँदै लगेर अहिले यसैमा चित्त बुझाउन पर्ने अवस्थामा पुर्‍याइसकेको छ ।

ring road extension (1)

विभिन्न चरण र समयमा भएका भ्रमणका क्रममा चीन सरकारसँग यस विषयमा कुराकानी भएको दाबी गरिँदै आए पनि साइटमा भने प्रगति केही पनि देखिन्न । चक्रपथ विस्तारको दोस्रो खण्ड भनेर छुट्याइएको यो क्षेत्रमा काम गर्ने भनेर २०७५ मै सम्झौता भएको थियो । 

ring road extension (2)

हालैको कुरा गर्ने हो भने पनि गत भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिबिच सडक विस्तारमा सहयोग गर्ने सम्बन्धी पत्रमा हस्ताक्षर समेत भएको थियो । जसमा चक्रपथको दोस्रो खण्ड कलङ्की–महाराजगन्ज ८.२ किलोमिटर सडक विस्तारलाई समेटिएको थियो । नेपालका तर्फबाट अर्थ सचिव डा. रामप्रसाद घिमिरे र चीनको तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका उपाध्यक्ष याङ वेइहुनले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

ring road extension (3)

त्यसको केही महिनामै मङ्सिर १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा जाँदा जारी भएको संयुक्त वक्तव्यमा पनि काठमाडौँ चक्रपथ सुधार परियोजनाको दोस्रो चरण कार्यान्वयन गर्ने सहमति जनाइएको छ । तर बागमतीमा कति पानी बगे भन्ने प्रश्नको उत्तर थाहा नभएजस्तै यस सडक खण्डको काम कहिले सुरु हुन्छ भन्ने केही टुङ्गो छैन ।

ring road extension (4)

अझ विडम्बना के छ भने एकै वर्षभित्र भएका सम्झौताबारे चक्रपथ विस्तार आयोजनाका प्रमुख कृष्णनाथ ओझाले सम्झौता भएको औपचारिक जानकारी पनि छैन र विस्तारका लागि कहिले आउँछन् भन्ने जानकारी पनि नभएको बताउँछन् । 

ring road extension (5)

‘सम्झौता भयो भन्ने समाचारमा सुनेको हो । कागज हामीकहाँ आइपुगेको छैन । सुरु कहिले हुन्छ भन्ने पनि हामीलाई जानकारी आएको छैन,’ ओझाले रातोपाटीलाई बताए ।

ring road extension (6)

चीनले आफैँ सर्भे गरेर डीपीआर तयार गर्ने भएकाले बिस्तार कार्य अघि बढाउन समय लागेको भनिएको भए पनि ६ वर्ष बितिसक्दा पनि तात्त्विक फरक देखिएको छैन । साथै यो सडक खण्ड विस्तारका लागि चीन सरकारसँगको अनुदान सहमति भएको र लागत पनि लाग्ने टुङ्गो छैन ।

ring road extension (7)ring road extension (8)ring road extension (9)ring road extension (10)ring road extension (11)ring road extension (12)ring road extension (13)ring road extension (14)ring road extension (15)ring road extension (16)ring road extension (17)ring road extension (18)ring road extension (19)ring road extension (20)ring road extension (21)ring road extension (22)ring road extension (23)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया