शेख हसिनालाई सुपुर्दगी गर्ने बारे भारतले के भन्यो ?

नयाँ दिल्ली । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुपुर्दगी गर्न ढाकाको अनुरोधको जवाफ दिएका छन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘गत हप्ता विदेश मन्त्रालयले बंगलादेशबाट शेख हसिनालाई सुपुर्दगी गर्न माग गर्दै पत्र आएको पुष्टि गरेको थियो । योभन्दा माथि मेरो भन्नु केही छैन ।’ हिंसात्मक आन्दोलनका कारण बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले अगस्ट ५ मा आफ्नो पदबाट राजीनामा दिएर देश छाडेर भारत आएकी थिइन् ।
शेख हसिनाको प्रधानमन्त्रीको कार्यकाल १५ वर्षसम्म रह्यो । उनको सरकारलाई भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोप पनि लागेको थियो ।
अगस्ट ५ को त्यो घटनाको तीन दिनपछि नोबेल पुरस्कार विजेता प्रोफेसर डा मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ ग्रहण गरेका थिए ।
यसै क्रममा रणधीर जैसवालले बंगलादेशको इस्कोन मन्दिरसँग सम्बद्ध चिन्मय कृष्ण दासलाई रिहा गर्न माग गरेको विषयमा पनि प्रतिक्रिया दिएका छन् ।
उनले भने, ‘जस्तो कारबाही बंगलादेशमा भइरहेको छ । पक्राउ परेकाहरूमाथि निष्पक्ष कारबाही होस्, यही हाम्रो अपेक्षा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकको परिवारसँग लिङ्देनको भेट
-
‘अब मेरा पिताजी फर्केर आउनुहुन्न, त्यो हतियार अर्कोलाई नउठोस्’
-
अधिकार त्यसै प्राप्त भएको होइन संरक्षणमा गम्भीर बनौँ : उपप्रधानमन्त्री सिंह
-
एमाले कमजोर भइरहेको अध्यक्ष ओलीद्वारा झापाबाटै स्वीकार
-
स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार प्रयासरत छ : मन्त्री शाही
-
बनेपा उपमेयर कप महिला भलिबलको उपाधि ललितपुरलाई