नयाँ विश्व कीर्तिमान : करुण नायरले लिस्ट ए क्रिकेटमा आउट नभई बनाए ५ सय ४२ रन !
नयाँ दिल्ली । विदर्भका कप्तान करुण नायर लिस्ट ए (एक दिवसीय) क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् । उनले विजय हजारे ट्रफी २०२४-२५ मा खेलेका ५ खेलमा सो रन बनाएका हुन् ।
३३ वर्षीय नायरले छत्तीसगढ, चण्डीगढ, तमिलनाडु, जम्मू कश्मीर र उत्तर प्रदेशविरुद्ध पाँच खेल खेलेका थिए। जसमध्ये छत्तीसगढ बाहेक उनले चारमा शतक बनाए ।
विजयनगरको भिज्जी स्टेडियममा शुक्रबार अन्तिम खेल उत्तर प्रदेश र आन्ध्र प्रदेशबीच भएको थियो । यो खेलमा उनी ११२ रन बनाएर आउट भएका थिए । नायरको टोली विदर्भले खेल ८ विकेटले जित्यो ।
करुण नायर उत्तर प्रदेशविरुद्ध ७० रन बनाएर आउट नभई ५०० वा सोभन्दा बढी लिस्ट ए रन बनाउने पहिलो भारतीय ब्याट्सम्यान बने। उनले सन् २०१० मा न्यूजिल्याण्डका पूर्व अलराउन्डर जेम्स फ्र्याङ्कलिन (५२७) ले बनाएको लिस्ट ए को कीर्तिमानलाई पनि पार गरे। त्यसपछि नायरले आफ्नो सातौँ लिस्ट-ए शतक बनाए।
उनले २३ डिसेम्बर २०२४ मा जम्मू कश्मीरविरुद्धको खेलबाट यो कीर्तिमान बनाउन सुरु गरेका थिए। भिजियानगरमको भिज्जी स्टेडियममा भएको उक्त खेलमा उनले २२२ रनको लक्ष्य पछ्याउँदै जम्मू कश्मीरविरुद्ध ११२ रनको अविजित इनिङ्स खेलेका थिए।
२६ डिसेम्बरमा छत्तीसगढ विरुद्ध अविजित ४४ रन बनाए। यसपछि, उनले डिसेम्बर 28 मा चन्डीगढ विरुद्ध १६३ रनको अपराजित इनिङ्स खेले र ३१ डिसेम्बरमा तमिलनाडु विरुद्ध १११ रनको अपराजित इनिङ्स खेले। तर, करुण नायरले उत्तर प्रदेशविरुद्ध आफ्नो अविजित यात्रा जारी राख्न सकेनन्। उनी १०१ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै ११२ रन बनाएर आउट भए ।
करुण नायर वीरेन्द्र सहवागपछि टेस्टमा ट्रिपल सेन्चुरी बनाउने दोस्रो भारतीय खेलाडी पनि हुन्। नायरले सन् २०१६ मा चेन्नईमा इंग्ल्याण्डविरुद्ध ३०३ रनको अविजित इनिङ्स खेलेका थिए ।
उनी सन् २०१७ देखि टिम इन्डियाबाट बाहिर छन् । करुणले आफ्नो अन्तिम टेस्ट अष्ट्रेलियाविरुद्ध २०१७ मा धर्मशालामा खेलेका थिए।
यसअघि वीरेन्द्र सहवागले टेस्टमा ३०० भन्दा बढी रन बनाएका थिए । सहवागले सन् २००४ मा मुल्तानमा पाकिस्तानविरुद्ध ३ सय ४ र सन् २००८ मा चेन्नईमा दक्षिण अफ्रिकाविरुद्ध ३१९ रन बनाएका थिए ।
नायरले २०२३ मा विदर्भमा आबद्ध हुनु अघि 11 वर्षसम्म कर्नाटकबाट खेलेका थिए। विजय हजारे ट्रफीको कप्तान बनेपछि गत नोभेम्बरमा भएको २०२५ मेगा लिलामीमा करुण नायर पनि आईपीएलका लागि छनोट भएका थिए। उनले २ वर्षपछि आईपीएल खेल्नेछन् ।
दायाँ हाते ब्याट्सम्यानलाई दिल्ली क्यापिटल्सले ५० लाखमा किनेको थियो । नायर २०१६-१७ पछि दोस्रो पटक दिल्ली क्यापिटल्सबाट खेल्दैछन्। २०१७-१८ मा घरेलु मैदानमा बोर्डर-गावस्कर ट्रफीमा भारतका लागि अन्तिम खेल खेलेका नायरलाई आईपीएल लिलामीमा अनक्याप्ड खेलाडीको रूपमा सूचीकृत गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिकोमा गोलाबारीको घटनामा सात जनाको मृत्यु
-
प्रकाश सपुत लेख्छन्– ‘वसन्त’ बबाल लाग्यो भने म बबाल हुँ’
-
जालसाजीको मुद्दामा अभिनेत्री श्वेता तिवारीलाई राहत
-
सङ्खुवासभाको २ सय ८० रोपनी सरकारी जग्गाको भ्रष्टाचार मुद्दा प्रधानन्यायाधीशको इजलासमा पेसी
-
सुध्रिएन पुँजीगत खर्च, मन्त्रालयहरूको बिजोग अवस्था
-
मधेस केन्द्रित दलसँग मोर्चाबन्दीका लागि जनमतले गठन गर्यो कार्यदल