निर्माताले गोविन्दालाई धोका दिए, पत्नी सुनिताले गरिन् खुलासा
_A2htqMWVyK.png)
मुम्बई । बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिताले धेरै निर्माताहरूले गोविन्दाको शोषण गर्ने गरेको बताएकी छन् । कामको लागि कुनै शुल्क नदिँदा पनि गोविन्दाले उनीहरूलाई केही भनेनन्। तर, सुनिताले यसको विरुद्धमा बोल्दै गोविन्दालाई आफ्नो अधिकार पनि दिलाइन् ।
हटरफ्लाईलाई दिएको अन्तर्वार्तामा सुनिताले भनिन्, ‘म गोविन्दाको काम हेर्थें । प्रबन्धक भएकाले मैले देखेको छु कि मानिसहरूले पैसा दिँदैन थिए । तर गोविन्दा भन्थे- जान देऊ, उनको सो राम्रोसँग चलेन होला।
त्यसमा मैले भनेँ– किन यस्तो ? तिमी नाच्यौ ! हैन र? तिमीले कडा मेहनत गरेका थियौ ! उसले तिमीलाई मूर्ख बनाइरहेको छ, म भन्न सक्छु।
सुनिताले गोविन्दा निकै भावुक भएको पनि बताइन् । उनले सजिलै अरूलाई विश्वास गरे। निर्माताहरूले उनको असलताको फाइदा उठाउने गर्थे। उनीहरूले समयमा भुक्तानी नगरेकोमा विभिन्न बहाना बनाउँदै आएका थिए ।
उनीहरू भन्थे–चिची भैया, टिकट बिकेन । २०-२५ लाख पछि दिन्छु। तर सुनितालाई यो पटक्कै मन परेन ।
सुनिताले गोविन्दासँग गलत भएको देख्दा चुप लागेर बसिनन् । उनले यसबारे निर्मातालाई प्रश्न गर्थिन् । उनको व्यवहारका कारण उनलाई उद्योगका मानिसले मन पराएनन् ।
यसबारे उनले भनिन्–मलाई गाली गरेको भए पनि मलाई केही फरक पर्दैनथ्यो । म उनीहरूको अगाडि उभिएर उहाँको (गोविन्द) अधिकार लिन्थे। म गोविन्दालाई आफ्नो काम गर्न र नाच्न र बाँकी मलाई छोड्न भन्थेँ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो
-
सिन्धु नदीको पानी रोके प्रतिक्रिया दिने पाकिस्तानको चेतावनी
-
पन्तलाई २४ लाख रुपैयाँ जरिवाना
-
शिक्षक आन्दोलनको सबै दोष सरकारलाई लगाएर कोही उम्किन मिल्दैनः अध्यक्ष ठाकुर
-
शिक्षा क्षेत्रमा गम्भीर समस्या निम्तिने प्याब्सनको चेतावनी
-
पोखरा विमानस्थल निर्माणमा कसरी भयो अनियमितता ?