सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय

साजिद खान भन्छन्- यौन उत्पीडनको आरोपपछि धेरै पटक आफूलाई सिध्याउने प्रयास गरेँ

‘क्लिन चिट पाए पनि मानिसहरूले उनलाई दोषी ठाने’
शनिबार, २० पुस २०८१, ०७ : ०५
शनिबार, २० पुस २०८१

मुम्बई । निर्देशक साजिद खानलाई सन् २०१८ मा धेरै महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए । हालैको एक अन्तर्वार्तामा साजिदले यी आरोपको बारेमा कुरा गरेका छन् । 

आरोपका कारण आफ्नो करियरमा कस्तो असर परेको उनले बताए । यस मामिलामा क्लिन चिट पाएपछि पनि मानिसहरूले उनलाई दोषी मानेको उनको भनाई छ ।

हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै साजिदले भने, ‘मैले पछिल्ला ६ वर्षमा धेरै पटक आफ्नो ज्यान लिने बारे सोचेको छु । म कामबाट बाहिर भए जस्तो लाग्यो। इन्डियन फिल्म एन्ड टेलिभिजन डाइरेक्टर्स एसोसिएसनबाट स्वीकृति पाए पनि म आफ्नो काममा फर्किने प्रयास गरिरहेको छु ।’

’आम्दानी नहुँदा घर बेचेर भाडाको फ्ल्याटमा बस्नुपर्‍यो । म १४ वर्षको थिएँ जब मैले कमाउन थालेँ किनभने मेरो बुबा बित्नुभयो। उहाँको निधनपछि फराह (साजिद खानकी दिदी) र म ऋणमा थियौँ।’

‘म सोच्थे कि आमा जिउँदै हुनुहुन्थ्यो भने उहाँले मलाई मेरो खुट्टामा उभिन खोजेको देख्नुहुन्छ। उहाँको छोराभन्दा धेरै म उहाँको हेरचाह गर्ने व्यक्ति थिएँ ।’

साजिदले थप भने- यी आरोपहरूले मलाई धेरै असर गर्‍यो । यो हदसम्म कि म मेरो जीवन समाप्त गर्न चाहन्थे। तर कसैसँग शत्रुता छैन । भाग्यमा जे लेखिएको छ, त्यही हुन्छ । मैले धेरै दुःख पाएको छु । ६ वर्षमा - आफ्नो आमा गुमाएँ, आफ्नो घर गुमाएँ।’

‘आमा बिरामीले मर्नुभएन। उहाँ मेरो बारेमा चिन्तित र मानसिक दबाबमा हुनुहुन्थ्यो। मलाई लाग्छ कि मैले उहाँलाई कुनै न कुनै रूपमा निराश बनाएको छु। तर अब म मेरो जीवनमा अगाडि बढ्न चाहन्छु। कोही जुत्ताको लागि रुन्छन्, कोहीको खुट्टा नै हुँदैन । मेरो काम सरल छ, मानिसहरूलाई मनोरञ्जन दिने। म त्यो गर्न चाहन्छु।’

सन् २०१८ मा, मी टू अभियान अन्तर्गत, साजिदलाई उनको पूर्व सहायक निर्देशक र अभिनेत्री सलोनी चोपडाले यौन उत्पीडनको आरोप लगाएकी थिइन्। सलोनीले साजिदले उनलाई बिकिनी तस्बिर मागेको र धेरै पटक गलत तरिकाले छोएको आरोप लगाएकी थिइन् ।

सलोनी बाहेक अभिनेत्री आहाना कुम्रा, वरिष्ठ पत्रकार, मोडल–अभिनेत्री रेचेल ह्वाइट, अभिनेत्री सिमरन सुरी र प्रियंका बोसले पनि साजिदमाथि यौन उत्पीडनको आरोप लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप