रियाल मड्रिड ला लिगाको शीर्षस्थानमा
शनिबार, २० पुस २०८१, ०४ : ५३

काठमाडौं । रियाल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राती भएको खेलमा भ्यालेन्सिलाई २-१ ले हराउँदै रियाल शीर्ष स्थानमा उक्लिएको हो ।
ह्यूगो डुरोले सुरुवाती अग्रता दिलाएको भ्यालेन्सिया दोस्रो हाफपछि दबाबमा आयो । रियालले ५५ र ५९ औं मिनेटमा गरेका दुई प्रहारले गोलको मान्यता पाएनन् । र, ७९ औ मिनेटमा मिनिसियस जुनियरले रातो कार्ड खाएपछि १० जनामा सिमिति भएको रियाल थप आक्रामक बन्यो ।
८५ औं मिनेटमा लुका मोड्रिच र अतिरिक्त समयमा जुड बेलिङ्गहमले गोल गर्दै टोलीलाई जित दिलाए । जितसँगै रियाल ४३ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ भने ४१ अंक बटुलेको एटलेटिको मड्रिड दोस्रो स्थानमा झरेको छ । बार्सिलोना भने ३८ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ ।