सपथ लिनु अघि ट्रम्पले अपराधिक सजायको सामना गर्नु पर्ने
शनिबार, २० पुस २०८१, ०३ : २१

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दोस्रो कार्यकालका लागि सपथ लिनु पहिले अपराधिक कारनामाका लागि सजायको सामना गर्नु पर्ने भएको छ ।
शुक्रबार न्यूयोर्कका न्यायाधीश जुआन मर्चनले एक लिखत जारी गर्दै जनवरी १० मा सजाय सुनाउने आदेश गरेका छन् । जहाँ ट्रम्पले आफैं या वारेशमार्फत उपस्थिति जनाउनु पर्ने छ ।
२०१६ को राष्ट्रपति चुनावको अभियानका दौरान भुक्तानी गरेको गुप्त धन सम्बन्धका ३४ मामिलामा खारेज गर्ने ट्रम्पको प्रयासलाई पनि न्यायाधीश मर्चनले खारेज गरिदिएका छन् ।
दोस्रो कार्यकालको लागि चुनिएका ट्रम्पले आफ्नो दोषसिद्धीलाई उल्टाउनका लागि हरसम्भव प्रयास गरेका बताइन्छ । गत मे मा ट्रम्पलाई गुप्त धन भुक्तानीका सम्बन्धमा ३४ मामिलामा दोषी ठहर गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओम शर्माले प्रवासी नेपालीलाई भने, ‘कसैको कुल्ली नबन्नुस्, जनताको अवस्था फेर्ने अभियानमा लाग्नुस्’
-
विद्यालय शिक्षा विधेयक : स्वार्थ समूहको दबाबमा अलपत्र
-
पेप्सीकोलामा ६० लाख लुटपाटमा संलग्नहरूविरुद्ध डाँकाचोरी मुद्दा
-
बेंगलुरुसँग हार्यो राजस्थान, कोहलीले बनाए टी-२० मा १०० औँ अर्धशतक
-
२०८१ लाई फर्केर हेर्दा : बागमतीको सरकार र संसद दुवै प्रभावकारी देखिएन
-
एमालेले बोलायो सचिवालय बैठक