कर्णाली प्रदेश : कृषि बालीले ढाकेको क्षेत्रफल बढ्यो
काठमाडौं । आर्थिक विकासमा कमजोर अवस्थामा रहेको कर्णाली प्रदेशको आर्थिक वृद्धिदर (उत्पादकको मूल्यमा) तीन दशमलव ३९ प्रतिशत रहेको अनुमान सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा तीन दशमलव ८७ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ ।
यस्तै, आधारभूत मूल्यमा तीन दशमलव ५४ प्रतिशतले वृद्धि भएको अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा एक दशमलव ९५ प्रतिशत र आधारभूत मूल्यमा दुई दशमलव ३१ प्रतिशतले वृद्धि भएको संशोधितअनुमान रहेको केन्द्रीय बैंकले जनाएको छ ।
सल्यान, कालिकोट, दैलेख र सुर्खेत जिल्लाका स्थलगत तथा रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, जाजरकोट र हुम्ला जिल्लाका गैरस्थलगत अध्ययनबाट तयार पारिएको आर्थिक वर्ष २०८०/८१ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन राष्ट्र बैंकले सार्वजनिक गरेको हो ।
समीक्षा वर्षमा यस प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ । प्रमुख बालीमध्ये धान र मकै बालीले ढाकेको क्षेत्रफल क्रमशः आठ दशमलव ४८ प्रतिशत र दुई दशमलव १२ प्रतिशतले बढेको छ भने गहुँ, कोदो, जौ र फापर बालीले ढाकेको क्षेत्रफल क्रमशः शुन्य दशमलव ९७ प्रतिशत, २८ दशमलव १६ प्रतिशत र ३३ दशमलव ३० र २३ दशमलव शुन्य एक प्रतिशतले घटेको छ ।
त्यसैगरी, तरकारी र बागबानी बालीले ढाकेको क्षेत्रफल ३६ दशमलव ४० प्रतिशत र पाँच ९८ प्रतिशतले वृद्धि भएको छ । सो प्रदेशमा समग्र कृषि बालीको उत्पादन छ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ ।
खाद्य तथा अन्य बालीभित्र पर्ने प्रमुख कृषि बालीमा धान र गहुँको उत्पादन क्रमशः १२ दशमलव शुन्य चार प्रतिशत र शुन्य दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ भने मकै, कोदो, जौ तथा फापरको उत्पादनमा क्रमशः सात दशमलव ६१ प्रतिशत, १९ दशमलव ८७ प्रतिशत, १८ दमलव ९८ प्रतिशत र आठ ४६ प्रतिशतले कमी आएको छ । सो प्रदेशमा दुध उत्पादन सात दशमलव ८२ प्रतिशतले बढेको छ । त्यस्तै मासु, माछा र अण्डा उत्पादनमा क्रमशः छ दशमलव ५८ प्रतिशत, तीन दशमलव ३४ र शुन्य दशमलव ९० प्रतिशतले वृद्धि भएको छ ।
बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जाले कुल कर्जाको नौ दशमलव १२ प्रतिशत हिस्सा ओगटेको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जा गत वर्षको तुलनामा एक दशमलव ७१ प्रतिशतले घटेको छ
यस प्रदेशमा नमुना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ४८ दशमलव ५१ प्रतिशत रहेको छ । प्लाष्टिकजन्य उत्पादन सम्बन्धी उद्योगको उपयोग क्षमता सबैभन्दा बढी शत प्रतिशत रहेको छ भने अन्न तथा पशुदाना उत्पादन गर्ने उद्योग अन्तर्गत पिठो उत्पादन गर्ने उद्योगको उपयोग क्षमता सबैभन्दा कम १५ प्रतिशत छ ।
समीक्षा वर्षमा औद्योगिक कर्जा गत वर्षको तुलनामा तीन दशमलव ३३ प्रतिशतले वृद्धि भएको छ । कर्णाली प्रदेशमा प्रवाह भएको समग्र कर्जाको छ दशमलव ९५ प्रतिशत हिस्सा उद्योग क्षेत्रले ओगटेको छ । सो प्रदेशमा भित्रिने पर्यटकको संख्यामा २३ दशमलव ४० प्रतिशतले वृद्धि भएको छ । भारत, चीन र तेस्रो मुलुकबाट भित्रिने पर्यटकको संख्या क्रमशः २३ दशमलव ४९ प्रतिशत, १५ दशमलव ७७ प्रतिशत र २४ दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८३ दशमलव ९३ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाह भएको छ । सो प्रदेशमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या चार सय ७५ तथा शाखारहित बैंकिङ संख्या ३० पुगेको छ । समीक्षा वर्षमा यस प्रदेशमा कर्जा तथा निक्षेप अनुपात ७८ दशमलव ५० प्रतिशत छ ।
सो प्रदेशमा विद्युत प्रसारण लाईन दुई हजार चार सय १६ दशमलव ४७ सर्किट किलोमिटर पुगेको छ । समीक्षा वर्षसम्म सो प्रदेशमा १७ दशमलव ४१ मेगावाट विद्युत् उत्पादन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान