आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको गण्डकी अधिवेशन माघ अन्तिम साता

शुक्रबार, १९ पुस २०८१, २१ : ३६
शुक्रबार, १९ पुस २०८१

पोखरा । नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेश अधिवेशन माघ अन्तिम साता हुने भएको छ । माघको २६ र २७ गते पोखरामा अधिवेशन गर्ने निर्णय भएको सो पार्टीले जनाएको हो । 

अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गर्नेछ । अधिवेशनमा ११ वटै जिल्लाका करिब ६ सय प्रतिनिधि सहभागी हुनेछन् । ११ जिल्लाबाट ४५० जना, आयोजक, जनसंगठनको प्रदेश कमिटीबाट प्रतिनिधि सहभागी हुने केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज श्रीनाथ बरालले जानकारी दिए ।

उनका अनुसार ५० पार्टी सदस्य बराबर एकजना प्रतिनिधि छनोट हुनेछन् । प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ३ प्रतिनिधि छनोट हुँदा कम्तीमा १ जना महिला अनिवार्य र ५ प्रतिनिधि छानिँदा १ उत्पीडित अनिवार्य गरिएको छ । माघ १६ र १७ गते प्रतिनिधि चयन हुने उनको भनाई छ ।

अधिवेशन सम्पन्न गर्न बरालको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक कमिटी गठन गरिएको छ भने विभिन्न १२ उपसमिति गठन भएका छन् । बरालकै संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति, पोलिटव्यूरो सदस्य तथा पोखराका मेयर धनराज आचार्यको संयोजकत्वमा जनपरिचालन उपसमिति, केन्द्रीय सदस्य कृष्ण नेपालीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, केन्द्रीय सदस्य मोती पौडेलको संयोजकत्वमा आर्थिक उपसमिति बनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप