पार्टीमा अनुशासन आवश्यक : महासचिव पोखरेल
शुक्रबार, १९ पुस २०८१, २० : ४३

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीमा अनुशासन आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको ३७औँ वार्षिक उत्सवलाई आज काठमाडौँ सम्बोधन गर्दै उनले अनुशासित पार्टीले मात्र मुलुकको लक्ष्य प्राप्ति गर्ने बताए ।
महासचिव पोखरेलले पार्टीमा बैरीहरूले आक्रमण गरिरहेको बेला पार्टीमा एकता आवश्यकता रहेको बताए । उनले यस्तो बेलामा पार्टी निर्णय विरुद्ध जान उचित नहुने बताए ।
महासचिव पोखरेलले कृषिलाई बदल्न नसकेकाले युवा जोडिन नमानेको र पुरानै पुस्ताले धानेको कृषिबाट मुलुकको आर्थिक विकास र समृद्धि पूरा नहुने बताए । “देश बनाउने कुरा गफ गरेर हुँदैन । त्यसको जगमा प्रवेश गर्नुसक्नुपर्दछ”, उनले भने ।
महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले सांस्कृतिक परिवर्तनविना राजनीतिक परिवर्तनले स्थायित्व लिन नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ५ गल्ती बन्न सक्छ ब्रेकअपको कारण
-
सांसदले नाबालिकालाई बन्धक बनाएको प्रकरण : महानगरले आयोगलाई बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
नङको रङ र रोगको संकेत
-
यी ५ तरकारीले युरिक एसिड द्रुत गतिमा बढाउँछ
-
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान