सूर्यदर्शन सहकारी ठगी प्रकरण : अभियोगपत्र प्रमाणको खिलापमा दर्ता भएको प्रतिवादीको दाबी

पोखरा । सूर्यदर्शन सहकारी ठगीसहितका मुद्दामा जारी बहसका क्रममा शुक्रबार प्रतिवादी छविलाल जोशी र लिला पछाईंका कानुन व्यवसायीहरूले आफ्नो तर्क पेस गरेका छन् ।
बहसमा सहभागी हुँदै छविलाल जोशीका कानुन व्यवसायी जगन्नाथ ढकालले अभियोगपत्र दर्ता गर्दा प्रमाण पुष्टि हुने कागजात नै नभएको बताए । ‘उहाँले पैसा लिएको देखिएको छैन । शेयर हालेको कुरा आएको छ । तर शेयर हाल्दा पैसा पनि दिइएको छैन, छोडेपछि पैसा पनि लिइएको छैन,’ उनले भने, ‘नेचर हब्समा २७ दिनमा छोड्नुभएको छ । गोर्खा मिडिया पनि ५ महिना नपुग्दै छोड्नुभएको छ । सबै हेर्दा प्रमाणको खिलापमा अभियोग दर्ता भएको छ ।’
अर्का अधिवक्ता अपूर्व खतिवडाले सहकारीसँग जोशीको कुनै साइनो नभएको बताए । ‘छविलाल सहकारीको सञ्चालक पनि छैनन् । शेयर सदस्य पनि होइनन् । सहकारीसँग कुनै साइनो छैन,’ उनले भने, ‘सहकारीबाट कुनै ऋण लिएका पनि छैनन् । जुन रकम गोर्खा मिडिया र नेचर हब्समा गएको छ, गोर्खा मिडिया र नेचर हब्सलाई अभियोगमा प्रतिवादी बनाइएको छैन ।’ उनीहरुले पूरक अभियोगमा हदम्याद हुनुपर्ने बताए । ‘२०८० असोज १८ गते मूल अभियोगपत्र दायर भयो । लामो समयपछि पूरक अभियोगपत्र दायर भएको छ । हदम्याद किन राखिएन ?’ बहसका क्रममा उनीहरुले भने ।
जोशीका तर्फबाट आइतबार वरिष्ठ अधिवक्ता शम्भु थापा र कृष्ण खरेलले बहस गर्नेछन् । शुक्रबार नै लिला पछाईंको तर्फबाट बहस गरेका अधिवक्ता डा. गणेशबहादुर भट्टराईले ‘बोस’ को सहयोगी भएकोले पछाईंको गल्ती नरहेको बताए । ‘सहकारीको सदस्य होइन । सञ्चालक पनि छैन । माग फारम भरेर कर्जा लिएको होइन । जीबी राईको सहयोगीको रूपमा काम गर्दै आउनुभएको हो,’ उनले भने, ‘जीबीले खातामा पैसा जम्मा गरिदिएका हुन् । कसैले जम्मा गरिदिएको पैसाको स्रोत थाहा हुनुपर्दैन । बोसले जम्मा गरिदिएको पैसाको स्रोत खोज्ने कुरा पनि भएन ।’
आइतबार जोशीको पक्षबाट बहस सकिएपछि रवि लामिछानेका कानुन व्यवसायीहरूले बहस थाल्ने जिल्ला अदालत कास्की स्रोतले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा