आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘केटी हराएको सूचना’को गीत ‘सपनीमा’मा नाजिर र सृष्टिको रोमान्टिक अवतार

शुक्रबार, १९ पुस २०८१

काठमाडौँ । आगामी माघ ११ गते रिलिज हुने फिल्म हो ‘मिसिङः केटी हराएको सूचना’ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको नयाँ गीत सार्वजनिक गरेको छ । ललितपुरमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । गीतमा इन्दिरा जोशी र करण परियारको स्वर, करुण थापाको शब्द र संगीत रहेको छ ।

गीतकार थापा २० वर्षपछि यही गीतमार्फत पाश्र्व गीत लेखनमा कमव्याक गरेका हुन् । एकस्टिक नेपालका स्टुडियोमा रेकर्ड गरिएको गीतमा फणीन्द्र राईको एरेन्ज छ । गीत फिल्मका मुख्य कलाकार श्रेष्ठ माथि फिचर्ड छ । नाजिरले परिकल्पना गरेको घर र परिवारबाट सुरुवात भएको गीतमा नाजिर र सृष्टिलाई रोमान्टिक भावमा देखाइएको छ । गीतमा कोरियोग्राफी रामजी लामिछानेको छ ।

कार्यक्रममा गायिका इन्दिराले फिल्मले तराईको पात्रलाई हिरोको रुपमा स्थापित गराएको भन्दै राम्रो कथावस्तुको फिल्ममा स्वर दिन पाएकोमा खुसी व्यक्त गरिन् ।

गायक करणले फिल्ममा पाश्र्व गायनको सपना ‘मिसिङः केटी हराएको सूचना’ले पुरा गरेको खुलाए ।

गीतकार र संगीतकार करुणले फिल्मका निर्देशक दीपेन्द्र गौचन र आफू पुरानो साथी रहेकाले उनकै अनुरोधमा गीत लेखेको बताए । आफूले दीपेन्द्रलाई नेपाल फर्किएर राम्रो कथाको फिल्म बनाउन सधैँ हौसाइरहने स्मरण गर्दै फिल्मका लागि दुई गीत तयार भए पनि ‘सपनीमा’लाई सबैले मनपराएर गीतमा राखेको खुलाए ।

निर्देशक दीपेन्द्र गौचनले संगीतप्रति आफ्नो लगाव पुरानै रहेकाले फिल्मको कथा सुहाउँदो गीत तयार पारिएको बताए ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै ब्यानरमा निर्माण भएको हो । फिल्ममा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । उनले ‘हाम्रो मुमिन’ डकुड्रामाको पनि निर्देशन गरेका थिए । दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ ।

फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन् ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी छ ।

ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया