प्रशासन समूहको शाखा अधिकृत परीक्षा स्थगित !
शुक्रबार, १९ पुस २०८१, १९ : ३५

काठमाडौँ । लोकसेवा आयोगले लिन लागेको प्रशासन समूहको शाखा अधिकृत परीक्षा स्थगित हुने भएको छ । शुक्रबार उच्च अदालत पाटनले प्रशासन समूहको शाखा अधिकृत परीक्षा नलिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाममा आदेश दिएको हो ।
न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र नारायण प्रसाद रेग्मीको संयुक्त इजलासले सामान्य प्रशासन समूहका पदमा दरखास्त संकलन गरी त्यसपछिका बाँकी काम रोक्न आदेश दिएको छ ।
प्रेमराज निरौलासहितले रिक्त भएका सम्पूर्ण पद समावेश नगरी विज्ञापन भएको र सो कारण आफूहरू बढुवा हुने अवसरबाट वञ्चित हुनु परेको भन्दै रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै अदालतले अग्राधिकार समेत प्रदान गरेको छ ।
लोकसेवा आयोगले मंसिर २६ गते अधिकृतका लागि दरखास्त आह्वान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए दीपेन्द्रसिंह ऐरीले
-
‘सडक आन्दोलन व्यवस्था फेर्न होइन, यो दलहरूप्रतिको वितृष्णा हो’
-
स्थानीयको अवरोधले नागढुंगा सुरुङमार्ग निर्माणमा अन्योल
-
पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान
-
इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
-
दिल्लीको विजययात्रमा लगाम लगाउने धुनमा बलियो बेंगलुरु