१५ अर्ब लागतको परियोजना कार्यान्वयन गर्न सम्राट सिमेन्ट र लगानी बोर्डबिच सम्झौता
![१५ अर्ब लागतको परियोजना कार्यान्वयन गर्न सम्राट सिमेन्ट र लगानी बोर्डबिच सम्झौता](https://rpcdn.ratopati.com/media/albums/lagani_board_nH415hBjJ0.jpeg)
काठमाडौँ । सम्राट सिमेन्ट प्रालिले १५ अर्ब लागत बराबरको परियोजना कार्यान्वयन प्रक्रिया सुरु गर्न लगानी बोर्ड नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
आज एक कार्यक्रमबिच लगानी बोर्ड र सम्राट सिमेन्टले परियोजना कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा सुरु गर्नेसम्बन्धी समझदारीपत्र (एमओयु) भएको हो । समझदारीपत्रमा सम्राट सिमेन्ट प्रालिका अध्यक्ष अनिलकुमार रुङ्गटा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले हस्ताक्षर गरे ।
लगानी बोर्डको प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार सम्राट सिमेन्ट यसअघि उद्योग विभागमा दर्ता भएकामा लगानी वृद्धि पछि बोर्डमार्फत अघि बढ्नेछ । “सम्राटले यसअघि उद्योग विभागमा दर्ता भएर काम गरिरहेको थियो । रू ६ अर्बभन्दा माथिको लगानी बोर्डमार्फत कार्यान्वयन हुनुपर्ने व्यवस्थाअनुसार यो कम्पनी बोर्डमा आएको हो”, उनले भने, “परियोजना कार्यान्वयनका लागि आज पहिलो चरणको एमओयु भएको छ । अब परियोजना विकास सम्झौता र लगानी सम्झौतालगायत प्रक्रिया बाँकी छन् ।”
यसअघि २०७७ असारमा बसेको लगानी बोर्डको ४४औँ बैठकले सम्राट सिमेन्ट इन्डस्ट्रिज परियोजनाका लागि रू १५ अर्ब पाँच करोड बराबर लगानी स्वीकृति गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म