सिमानाकाबाट भित्रिने पर्यटकहरू प्रहरी चेकिङबाट निरुत्साहित भए, सुधार गरौँ : अध्यक्ष जोशी
काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अध्यक्ष दीपकराज जोशीले सिमानाबाट भित्रिने पर्यटकहरू प्रहरी जाँचको झन्झटले निरुत्साहित भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले प्रहरी चेकिङको आतंकले पर्यटकहरू निरुत्साहित भएको भन्दै सहजिकरणका लागि सकारसँग अनुरोध गरेका हुन् ।
अध्यक्ष जोशीले पर्यटन प्रवर्द्धनका लागि नेपालले भारतको अयोध्या लगायतका क्षेत्रमा सूचना केन्द्र सञ्चालन गर्न जरुरी रहेको समेत बताए । उनले पर्यटन प्रवर्द्धनको लागि नेपालले पूर्वाधार विकासमा जोड दिन आवश्यक रहेको समेत बताए । उनले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकास र अन्य मुलुकहरूसँग सहयोग लिनुपर्ने बताए । उनले गुणस्तरीय लगानी नभित्रिएसम्म गुणस्तरीय पर्यटक नभित्रिने जिकिर गरे ।
उनले भने, ‘अर्काको गन्तव्य जानको लागि पर्यटकहरूलाई सहज भएन भने जहाँ सहज जाने प्रचलन छ । यसका लागि हामीले तत्काल केही गर्नसक्यौँ भने फाइदा हामीले लिनसक्छौँ । भारतको अयोध्या सबैभन्दा धेरै पर्यटन घुम्ने ठाउँ बनेछ । त्यहाँ नेपालको इन्फरमेसन सेन्टर राख्यौँ भने त्यसले हाम्रो जनकपुर र अन्य क्षेत्रमा पनि पर्यटन प्रवर्द्धन हुनसक्ने देखिन्छ ।’
अध्यक्ष जोशीले पर्यटन प्रवर्द्धनको लागि नीतिगत सुधारसँगै संरचनागत सुधार आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
६९० जना जाहेरवालाको रकम फिर्ता गर्न माग (सूचीसहित)
-
कांग्रेस–एमाले गठबन्धनको सरकारले मुलुकलाई अप्ठ्यारो तिर धकेलिरहेको छ : सन्तोष परियार
-
स्वर्णलक्ष्मी सहकारीमा रवि लामिछानेलगायतविरुद्ध मुद्दा दायर
-
सार्क निष्क्रिय अवस्थामा पुगेको र बिम्स्टेक कामकाजी बन्न नसकेकोमा ओलीको चिन्ता
-
केन्द्रीय समितिमा प्रचण्डले भने–विशाल कमिटी चुनौती र अवसर दुवै हो
-
अचानक ट्रम्पलाई भेट्न किन गइन् इटालीकी प्रधानमन्त्री मेलोनी ?