अराजकता रोक्न प्रगतिशील कला संस्कृतिको भूमिका महत्त्वपूर्ण: भण्डारी
_DWr3ZnvL9l.jpg)
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अराजकता, विकृति र विसङ्गतिलाई रोक्न प्रगतिशील कला संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताएकी छन् ।
शुक्रबार काठमाडौँमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संस्मरण आमा, सपना र ताराहरू लोकार्पण गर्दै भण्डारीले यस्तो बताएकी हुन् ।
उनले सर्जकहरूले आफ्ना सिर्जनामार्फत देश र जनताको सेवामा थप समय खर्चिनुपर्ने खाँचो देखिएका धारणा राखिन् । भण्डारीले नेपाली राजनीतिक परिवर्तनमा ईश्वर पोखरेलले खेलेको भूमिकाको प्रसंसा गरिन् । त्यस्तै उनले पार्टी वा राजकीय जुनसुकै भूमिकामा भएपनि आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्छ भन्ने मान्यता पोखरेलमा रहेको बताइन् ।
कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समाजलाई सही तवरले अघि बढाउन आमाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले देशलाई सामाजिक अभिभावक आवश्यक परेकोले राजनीतिभन्दा पर बसेर परिवर्तनको नायक बन्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिए ।
त्यस्तै पुस्तकका लेखक एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आमाहरूको नायकत्व स्थापित गर्न आफूहरूको तर्फबाट राजनीतिक हिसाबले कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए ।
आमा, सपना र ताराहरू संस्मरण कृतिलाई सांग्रिला प्रकाशनले संग्रहका रूपमा प्रकाशन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षान्त २०८१ः गतिमा ऊर्जा क्षेत्र, पहिलोपटक नेपालको बिजुली बङ्गलादेश पुगेको वर्ष
-
कति पुग्यो अमेरिकी डरलको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टर र युभेन्ट्सलाई सफलता
-
बुण्डेस लिगामा शीर्ष क्लब बायर्न र बायरलाई झट्का
-
ला लिगा : बार्सिलोना उपाधि उन्मुख, रियालसँग अंकदुरी थप बढ्यो
-
प्रिमियर लिग : म्यान्सिटीको फराकिलो जित, आर्सनल रोकियो बराबरीमा