माओवादीले ग्रासरुट सुशासनमा बढी जोड दिने, समाजवादी विकास मोडेल ल्याउन सुझाव

काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यहरूले समाजवादी धाराको विकास गर्ने गरी योजना बनाउनु पर्नेमा सुझाव दिएका छन् । शुक्रबार केन्द्रीय कार्यालयमा बसेको स्थायी समिति बैठकमा बोल्दै अधिकांश नेताहरूले सबै स्थानीय तहमा समाजवादको आधारशिला खडा गर्ने गरी तयारी गर्नुपर्नेमा जोड दिएका हुन् ।
बैठकमा भएको छलफलबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले समाजवादी विकासको मोडलसहित ग्रासरुट सुशासनमा ध्यान दिनुपर्ने गरी सुझाव आएको जानकारी दिए ।
‘अलि बढी जोड दिएर समाजवादी धाराको विकास, अर्थनीति, शिक्षानीति, स्वास्थ्यनीति, बजारनीति सबै पालिकामा समाजवादको आधारशिला खडा गर्ने तयारी भन्नेमा सबैको धारणा आएको छ । स्थानीय तहमा हामीले १२३ तहमा नेतृत्व गरिरहेका छौँ’, उनले भने, ‘ग्रासरुट सुशासनमा बढी जोड दिनुपर्छ । जरादेखि टुप्पासम्म र टुप्पादेखि जरासम्म राग पैदा गर्नुपर्छ । पोजेटिभ भाइब्रेसन पैदा गर्नुपर्छ भन्नेमा सबैले धारणा राख्नुभएको छ ।’
यस्तै पार्टीले अगाडि सारेको दुई वटा अभियानलाई सफल बनाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको उनले बताए । बैठकको सुरुमै प्रचण्डले आइतबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक दस्ताबेजबारे संक्षिप्तमा नेताहरूलाई जानकारी गराएका थिए । समसामयिक विषय, पार्टी रूपान्तरण, सरकारी क्रियाकलाप, संविधान संशोधनका बारेमा नेताहरूले धारणा राखेको सापकोटाले बताए । शुक्रबारको बैठकमा ३० जना स्थायी समिति सदस्यहरूले धारणा राखेका थिए । शनिबार २ बजे बस्नेगरी स्थगित भएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँगनमा कुखुरा आएको निहुँमा बुवामाथि गोली प्रहार
-
रेशमलाई पक्राउ गर्नुपर्ने पत्र बोकेर १० बजे नै डिल्लीबजार पुगेका थिए महिमानसिंह विष्ट
-
यी हुन् सरकार र शिक्षकहरूबिच भएका ९ बुँदे सहमति
-
विद्यालय शिक्षा विधेयक तपाईंहरूकै घरमा लैजान्छौँ : गृहमन्त्री लेखक
-
शिक्षकको माग पूरा गर्दा सरकारलाई करिब ८ अर्ब दायित्व बढ्ने
-
विद्यालय शिक्षा विधेयक पारित गर्ने सम्बन्धमा सत्तापक्षले गरेको लिखित प्रतिबद्धता सार्वजनिक