विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधि अन्त्य हुनुपर्छ : मन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न जरुरी रहेको बताएकी छन् । शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
मन्त्री भट्टराईले विश्वविद्यालयभित्रको दलीय प्रभाव र दबाबलाई अन्त्य गर्नेगरी विधेयक ल्याउनुपर्ने बताइन् । उनले अब विश्वविद्यालय कस्तो हुने भन्ने किसिमको निर्धारण हुनेगरी विधेयक बनाउनुपर्ने बताइन् । उनले विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधिहरूको अन्त्य गर्नुपर्ने गरी ऐन ल्याउनुपर्ने बताइन् । अहिलेको ड्राफ्टमा नआएको भएपनि समितिले छलफल गरेर अघि बढाउनसक्ने बताइन् ।
शिक्षामन्त्री भट्टराईले भनिन्, ‘विश्वविद्यालयभित्र भएको अहिलेको जुन खालको एउटा दलीय प्रभाव छ, त्यो प्रभावलाई, त्यो दबाबलाई अन्त्य गर्नेगरी यो ऐन बनाउने कुरामा सोचौँ भन्छु म । किनभने केही न केही ऐनमा व्याख्या गर्यो भने जस्तो हामीले नेपाल विश्वविद्यालयमा शिक्षाविद् भनेको को हो ? भन्नेकुराको परिभाषा गर्यौँ । अहिले हामीलाई शिक्षाविद् खोज्नुपर्यो भने नेपाल विश्वविद्यालयको ऐन हेर्दा पुग्यो । त्यो ऐनमा जे लेखेको छ, त्यसको आधारमा शिक्षाविद्को परिभाषा गर्नसक्छौँ ।’
मन्त्री भट्टराईले विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधिहरूको अन्त्य गर्न जरुरी रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु
-
पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा