अर्थ
४ प्रतिशतले बढ्यो धान उत्पादन
शुक्रबार, १९ पुस २०८१, १५ : २७
![४ प्रतिशतले बढ्यो धान उत्पादन](https://npcdn.ratopati.com/media/news/paddy-dhan_tsym8X8OqK.jpg)
काठमाडौँ । यो वर्ष धान उत्पादन ४.०४ प्रतिशतले बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको हो ।
चैते र वर्षे दुवै गरी चालु आवमा कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यो क्षेत्रफल भने गत आवको १.२८ प्रतिशतले कमी हो ।
मन्त्रालयका अनुसार यो वर्ष उत्पादकत्व बढेको छ । यो वर्ष औषत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रति हेक्टरमा पुगेको छ । जुन हालसम्मकै उच्च हो । समग्रमा चैते धानको उत्पादकत्व वर्षेकोभन्दा बढी देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेशगत हिसाबले कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिममा धान उत्पादन बढेको छ । गण्डकी र कर्णाली प्रदेशमा भने घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म