चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो लगाउने कांग्रेसको निर्णय
शुक्रबार, १९ पुस २०८१, १५ : २४

काठमाडौँ । नेपाली कांग्रेसले चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो लगाउने निर्णय गरेको छ । महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता समितिको शुक्रबार बसेको बैठकले कार्यतालिका बनाएर चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो लगाउने निर्णय गरेको हो ।
यस्तै बैठकले क्रियाशील सदस्यता वैधानिक र वैज्ञानिक बनाउन जातजाति जनसंख्या र पार्टीको मत संख्याको आधारमा विज्ञहरूको समेत सुझाव लिएर नयाँ क्रियाशील सदस्यता वितरण गर्न वैज्ञानिक बाटो अवलम्बन गर्ने निर्णय गरेको समिति सदस्य प्रकाश स्नही रसाइलीले जानकारी दिए । दलित, जनजाति, महिला, मुस्लिमलाई क्रियाशीलता सदस्यता लिन प्रोत्साहन गर्ने निर्णय भएको उनले बताए ।
रसाइलीका अनुसार डोल्पामा क्रियाशील सदस्यता नवीकरणका लागि कार्यवाहक सभापतिलाई फारम पठाइदिने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला