महुली लघुवित्तको एफपीओ बाँडफाँट, १० कित्ता पाउनेलाई झण्डै १४ हजार नाफा
शुक्रबार, १९ पुस २०८१, १५ : १७

काठमाडौं । महुली लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । उक्त संस्थाले प्रतिसेयर एक सय रुपैयाँका दरले ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयरको बाँडफाँट गरिएको हो ।
पुस ५ गतेदेखि पुस ९ गतेसम्म सार्वजनिक निष्कासन गरिएको उक्त सेयर ४७ हजार ५४४ जनालाई १० कित्ताका दरले र बाँकी बचेको ९.१५ कित्ता सेयर बाँडफाँट गरिएको हो ।
त्यस्तै, २० देखि एक हजार कित्ता आवेदन दिइ बाँडफाँडमा पर्नेे ४ हजार ८२० जना आवेदकमध्येबाट ९ जनालाई थप १÷१ कित्ता र एक जनालाई थप ०.१५ कित्ता गरी बाँडफाँट गरिएको धितोपत्र निष्कासन तथा क्रिी प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।
उक्त कम्पनीको शेयर हाल १ हजार ४८५ रुपैयाँमा बिक्री भइरहेको छ । यो हिसाबले १० कित्ता सेयर पाउनेलाई १३ हजार ४८५ रुपैयाँ नाफा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
-
प्याब्सनको तीन वर्षे कार्ययोजना सार्वजनिक
-
गणतन्त्रको पक्षमा हेटौँडामा एमालेको प्रदर्शन (तस्बिरहरू)
-
इजरायली प्रधानमन्त्रीद्वारा कानूनी चुनौतीलाई बेवास्ता गर्दै नयाँ सुरक्षा प्रमुख नियुक्त
-
रमेश अवस्थी अनेरास्ववियु केन्द्रीय सदस्यमा मनोनीत
-
आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री