पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन विश्वप्रकाशले दिए शुभकामना !
_v34PFR7e0O.jpg)
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन शुभकामना दिएका छन् । शुक्रबार राजधानीमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित पुस्तक आमा, सपना र ताराहरू सार्वजनिकरण कार्यक्रममा बोल्दै उनले ठट्यौली शैलीमा भण्डारीलाई राजनीतिमा फर्किन शुभकामना दिएका हुन् ।
भण्डारी फेरि एमालेको सक्रिय राजनीतिमा फर्किन लागेको चर्चालाई कोट्याउँदै शर्माले सक्रिय राजनीतिमा आउने वा नआउने विषय उनको स्वविवेकको विषय भएको बताए । यद्यपि यस विषयमा आफूसँग सुझाव मागे सामाजिक अभिभावक भएर बस्न सुझाव दिने उनले बताए ।
‘पूर्वराष्ट्रपति सामाजिक परिवर्तनको प्रेरक बन्न सक्नुपर्छ । मेरो शुभकामना छ । फेरि सक्रिय राजनीतिमा आउने हो कि इच्छा राखेको को कि भन्ने चर्चा छ । तर कसैले शीतल निवासबाट निस्किएको तिम्रो राष्ट्रपति के गरोस् भनेर सोध्यो भने मेरो जवाफ हुनेछ– सामाजिक अभिभावक यो देशलाई चाहिएको छ ता कि कुनै आमाहरूले त्यो पीडा भोग्न नपरोस्’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन