संसदीय समिति
कर्मचारीको सरुवाबारे यस्तो छ लोकसेवा आयोगको प्रस्ताव
शुक्रबार, १९ पुस २०८१, १४ : ५४

काठमाडौँ । लोकसेवा आयोगले कर्मचारीको सरुवा अवधिबारे स्पष्ट व्यवस्था गर्न सुझाव दिएको छ ।
शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निजामती सेवाबारेको छलफलमा लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले सरुवाको सम्बन्धमा स्पष्ट व्यवस्था हुनुपर्ने सुझाव दिएका हुन् ।
जसअनुसार सचिवको एक वर्ष, सहसचिवको २ वर्ष, उपसचिवको ३ वर्ष र शाखा अधिकृतको ४ वर्ष तथा अन्य कर्मचारीको ५ वर्ष एउटै मन्त्रालय वा मातहतको निकायमा रहने सुनिश्चितता हुनुपर्ने सुझाव दिएका हुन् ।