राखेपका नवनियुक्त सदस्यले लिए शपथ
शुक्रबार, १९ पुस २०८१, १४ : ४३

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा नियुक्त भएका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराइएको छ । शुक्रबार सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा खेलकुदमन्त्री तेजुलाल चौधरीले परिषद्को सदस्यमा नियुक्त भएका ८ जनालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद परिषद्को सदस्यमा शान्तिकुमारी चौधरी, आनन्दकुमार झा, सुवर्ण श्रेष्ठ, कमलबहादुर भट्टराई, हिमालकुमार श्रेष्ठ, नन्दा बस्याल, जगतसिंह धामी र भानबहादुर चन्दलाई चार वर्षका लागि नियुक्त गरेको थियो ।
परिषद्का सदस्यहरूलाई शपथ गराउँदै मन्त्री चौधरीले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक भूमिका निर्वाह गर्न आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्ने विषयमा सरकार गम्भीर : वनमन्त्री
-
कार्यविभाजनपछि पहिलो पटक माओवादी स्कुल विभागको बैठक, के–के भयो छलफल ?
-
अब कसरी निर्वाचित हुन्छन् नयाँ पोप ?
-
बोलेरो गाडीमा आगलागी हुँदा ४ जनाको जलेर मृत्यु
-
मादी नदी लिफ्ट खानेपानी योजना अधुरै
-
ज्ञानेन्द्रका तर्फबाट गोकर्ण र कृष्णगोपालले लगेका थिए माधवसमक्ष प्रधानमन्त्रीको प्रस्ताव