आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

निःशुल्क उपचार गरेको प्रतिवेदन ७ दिनभित्र पेस गर्न निजी अस्पताललाई पत्राचार

शुक्रबार, १९ पुस २०८१, १४ : ३८
शुक्रबार, १९ पुस २०८१

विराटनगर । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण, अभिलेख तथा प्रतिवेदन पेस गर्न निजी अस्पतालहरूलाई पत्राचार गरेको छ । 

मन्त्रालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले बिहीबार सबै निजी अस्पताललाई पत्राचार गर्दै ७ दिनको समय दिएर प्रतिवेदन माग गरेका हुन् । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ पहिलो संशोधन २०७८ मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार अनिवार्य रूपमा उपलब्ध गराउनु पर्ने व्यवस्था छ । 

यस्तै निःशुल्क तथा आंशिक सेवा लिने बिरामीहरूको व्यवस्थित रूपले अभिलेख राख्ने र सोको विवरण मासिक, चौमासिक र वार्षिक रूपमा प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेस गर्नु पर्ने व्यवस्था छ । यसका साथै निःशुल्क तथा आंशिक सेवा लिएका व्यक्तिहरुको विवरण देखिने गरी टाँस्नु पर्ने व्यवस्था पनि छ । 

‘उल्लेखित व्यवस्था बमोजिमको कार्य नगरेको र नगराइएको अवस्थामा स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० को परिच्छेद ११ मा सञ्चालन अनुमति नवीकरण हुन नसक्ने अवस्था र खारेजी सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ । सोही सम्बन्धमा, तहाँ अस्पतालमा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गरेको विवरण, अभिलेख तथा प्रतिवेदन मासिक, चौमासिक र वार्षिक रूपमा तयार गरी सम्बन्धित निकायमा पेस गरेको प्रमाणित कागजात पत्राचार गरिएको मितिबाट लागु हुने गरी सात दिन भित्र यस मन्त्रालयमा पेस गर्नु हुन आदेशानुसार अनुरोध छ,’ सबै अस्पताललाई गरिएको पत्राचारमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप